चुनावको मुखमा अडियो सार्वजनिक गर्नु शंकास्पद : रवि लामिछाने

दर्पण दैनिक २७ चैत्र २०७९,१४:५८
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनको ठीक अघि आफ्ना पार्टीका सांसदको पैसा लेनदेनको अडियो सार्वजनिक गरिएकामा असन्तुष्टि जनाएका छन् । उनले अडियो सार्वजनिक गर्नु शंकास्पद भएको पनि बताएका छन् ।

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न सभापति रवि लामिछानेको टिमका व्यक्तिलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईसँग सहयोग माग गरेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

‘यो यतिबेला अडियो किन ल्याइयो ? अरु दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने बचाउने हाम्रो दलमा चलन छैन,’ चितवनमा भएको चुनावी कार्यक्रममा लामिछानेले  भने, ‘निर्वाचन आयोग, अदालतबाट नसकेपछि चुनावकै मुखमा यस्ता कुरा आउनुलाई मैले अन्यथा लिएको छैन । जसले गल्ती गरेपनि कारबाही गर्ने सक्ने छाती लिएर हिंडेको छु ।’

अडियोमा आफ्नो वरपर रहेका व्यक्तिलाई पनि मुछिएको उल्लेख गर्दै उनले तिनलाई कारबाही गर्न अख्तियारमा निवेदन दिने बताए । ‘मेरै वरपर लागेका मान्छेलाई आरोप लागेको छ । अख्तियारमा म आजै निवेदन दिन्छु ।’ पार्टीमा रहेर भ्रष्टाचार गर्नेलाई कठालो समातेर जनताको माझमा पुर्‍याउने क्षमता आफूहरुसँग रहेको लामिछानेले बताए ।

विश्वासका आधारमा पार्टीमा कयौं व्यक्तिहरु जोडिएको र कतिपयको पृष्ठभूमि थाहा नभएको लामिछानेले बताए । ‘कसको के छ, विगतमा थाहा थिएन, आउन सक्ला । आएको खण्डमा कारबाही गर्दै अघि जाने हो’, लामिछानेले भने, ‘अरु पनि केही छन् भने अहिले नै आउन्, चुनावकै अघिल्लो दिन आउन् । चुनावकै दिन आउन् ।’

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: