असन्तुष्टि व्यक्त गर्न पाइन्छ, अराजक हुन पाइँदैन : विराजभक्त श्रेष्ठ

दर्पण दैनिक ३ फाल्गुन २०७९,११:५७
post

काठमाडौं । काठमाडौं नयाँ बसपार्क तथा माछापोखरीमा भएको मोबाइल पसल लुटपाटको घटनाका दोषीलाई कारबाही गर्न प्रतिनिधि सभामा आवाज उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले असन्तुष्टि व्यक्त गर्न पाइने भए पनि अराजक हुन नपाइने बताए ।

‘व्यापारीहरु त्यसै त आर्थिक मारमा परेर विस्थापित हुँदैछन्, त्यसैमाथि अमानवीय लुटपाट । दोषीहरुलाई सीसीटीभी र अन्य रेकर्डेड माध्यम हेरेर भए पनि कडाभन्दा कडा कारबाहीको माग गर्दछु,’ प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै उनले भने ।

गत सोमबार बालाजु क्षेत्रमा यातायात मजदुरहरुको विरोध प्रदर्शनका क्रममा मोबाइल पसलमा लुटपाट भएको थियो । सामाजिक सञ्जालमा सेयर भइरहेका भिडिओमा एक हुल युवाहरु मोबाइल पसलमा छिरेर मोबाइल लुटेको देख्न सकिन्छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९