रास्वपाबाट चुनाव लड्दै रमेश खरेल

दर्पण दैनिक १७ चैत्र २०७९,१०:०३
post

काठमाडौं । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बारा-२ मा उपचुनाव लड्न तयार भएका छन् । बारा-२ मा वैशाख १० गते हुने उपचुनावका लागि रास्वपाभित्र हुने प्रारम्भिक निर्वाचन जिते खरेल उम्मेदवार हुने निश्चित छ ।

बारा-२ कै लागि युवराज न्यौपानेले पनि प्रारम्भिक निर्वाचनमा भाग लिने भएका छन् । प्रारम्भिक उम्मेदवारी उपरको दाबी विरोध गर्ने समय शुक्रबार बिहान ११ बजेसम्म निर्धारण गरिएको रास्वपाले जनाएको छ ।

रास्वपाबाट निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरू प्रारम्भिक निर्वाचन जितेर आउनुपर्नेछ उसको विधान छ । खरेल यसअघि मंसिर ४ मा काठमाडौं १ मा निर्वाचन लडेका थिए । कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले जितेको उक्त क्षेत्रमा खरेलले पाँचौँ स्थानमा आउँदै ३ हजार १ सय २४ मत ल्याएका थिए ।

पूर्वडीआईजी खरेलले २०७८ साल मंसिर २४ गते नेपाल सुशासन पार्टी घोषणा गरेका थिए । देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेन्डा बनाएर पार्टीलाई अघि बढाउने उनको भनाइ थियो । पार्टी गठनपछि भएको स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा भाग लिए पनि उसले सुखद नतिजा भने हात पार्न सकेको छैन ।

बारा-२ का तत्कालीन प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र रिक्त भएको हो । बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि उठ्ने तयारीमा छन् । जनमत पार्टीले यसअघि उक्त क्षेत्रबाटै पराजित माओवादी नेता शिवचन्द्र कुशवाहालाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाउने घोषणा गरिसकेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले पनि वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यी सबैको उम्मेदवारी कायम रहे बारा-२ को चुनावी प्रतिस्पर्धा रोचक हुने निश्चित छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९