
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनचाहना समयमै सम्बोधन नगरे विद्रोह हुने चेतावनी दिएका छन् ।आइतबार काठमाडौंमा आयोजित १४ औं राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको विरोधमा भएको भन्दै अहिल पनि त्यही स्थिति आइरहेको उनले बताए । उनले सरकारले जनचाहना अनुरुपका प्रस्तावहरु अघि नबढाए आफूले सडकबाट साथ दिने प्रतिवद्धता जनाए ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एकपटक पुनः माओवादी बनेर काम गर्न उनले आग्रह गरेका छन् । जनताका माग पूरा गर्न माओवादी बनेर मात्रै सम्भव रहेको उनको भनाइ छ ।
‘नेपालमा अहिले पनि क्रान्ति जारी छ । जनयुद्ध पनि मानिसले न्याय खोज्दा खोज्दा नपाएपछिको विद्रोह थियो । जनताका चाहनालाई समयमा नै सम्बोधन, संगठित नगरेको आगो विद्रोहमा बदलिन्छन् । हरेक योद्धाहरुले क्रान्तिमा भाग लिइरहेको जस्तो अनुभुति गर्दछन्’, उनले भने, ‘आज त्यस्तै अनुभुति भइरहेको छ । मैले भनेको छु, क्याबिनेटमा प्रस्ताव गर्नुस्, हामी रत्नपार्कमा बसेर साथ दिन्छौँ । हरेक नराम्रा कामविरुद्ध उभिन तयार छौँ । तर एक पटक प्रचण्ड कमरेड फेरि माओवादी जस्तो बन्नुपर्छ ।’


























































































1679298112.jpg)
































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google