भीम रावलमाथि फेरि खनिए विष्णु पौडेल : विगतमा संसदमा, सडकमा र निर्वाचनमा पार्टीविरुद्ध गम्भीर गल्ती गरेको आरोप

दर्पण दैनिक १४ चैत्र २०७९,२१:०१

पौडेलले भने, ‘तर तोपमा गोबर हालेर पड्काउन खोज्नुभएछ, तोपमा बारुद हालेको भए पड्किन्थ्यो ।’

post

डोटी । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावल लगातार पार्टी विरोधी गतिविधिमा लागेको आरोप लगाएका छन् । उनले अछाममा रावलले आफूलाई अप्ठेरोमा पार्ने प्रयास गरेको समेत आरोप लगाए ।

‘उहाँले कैलालीमा बसेर अछाममा मेराविरुद्ध तोप पड्काउने प्रयत्न गर्नुभएछ’ एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत मंगलबार डोटीमा आयोजित कार्यक्रममा पौडेलले भने, ‘तर तोपमा गोबर हालेर पड्काउन खोज्नुभएछ, तोपमा बारुद हालेको भए पड्किन्थ्यो ।’

सोमबार अछामको साँफेबगरमा भएको एमालेको कार्यक्रममा उपाध्यक्ष विष्णु पौडेल सहभागी भएका थिए । उक्त कार्यक्रममा भएको विवादलाई जोड्दै उपाध्यक्ष पौडेलले भने ‘उहाँलाई कसैले अछाम जाँदा उहाँसंग भिसा, पासपोर्ट लिएर जानुपर्छ भन्ने लाग्दोरहेछ, जुनसुकै नागरिकले पनि नेपालको जुनसुकै ठाउँमा जान पाउँछन् ।’

रावलले गम्भीर गल्ती गर्दा पनि पार्टीले सहेको भन्दै पौडेलले सच्चिएर आउने आशा अझै बाँकी रहे पनि कुर्ने समय सकिँदै गएको बताए । रावलले विगतमा संसदमा, सडकमा र निर्वाचनमा पार्टीविरुद्ध गम्भीर गल्ती गरेको आरोप लगाए ।

‘पार्टीले संसदमा रोष्ट्रम घेराउ गर्ने निर्णय गर्छ, उहाँ आफ्नो कुर्चीमा बसिराख्नु हुन्छ, पार्टीले ह्वीप जारी गर्छ, उहाँ उल्लंघन  गर्नुहुन्छ’, पौडेलले भने, ‘पार्टीले जे निर्णय गर्‍यो त्यसका विरुद्धमा सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै हिँड्नुहुन्छ ।’ उनले स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनमा रावलले पार्टीका उम्मेदवारका लागि भोट नमागेको समेत आरोप लगाए ।

पार्टीको १०औं महाधिवेशनमा रावललाई उपाध्यक्ष बन्न सुझाव दिएको तर उनले अध्यक्षमै चुनाव लड्ने भनेपछि चुनाव भएको पौडेलले बताए । ‘चुनाव लड्नुभयो, कार्यकर्ताले विश्वास गरेनन्, उहाँ हार्नुभयो’, पौडेलले भने, ‘त्यसपछि उहाँलाई पार्टीले केन्द्रीय सल्लाहकार परिषदमा नियुक्त गरेको थियो, तर उहाँले त्यो जिम्मेवारी स्वीकार्नुभएन ।’

पार्टीको निर्देशन मान्नु सबै सदस्यहरुको कर्तव्य भएको भन्दै पौडेलले अब रावलसँग दुई विकल्प बाँकी रहेको बताए । ‘कि त उहाँले आफ्ना गल्तीहरु स्वीकार गर्दै अब पार्टीले दिएको जिम्मेवारी निभाउने प्रतिवद्धता सहित सच्चिएर आउनुपर्छ, हैन भने पार्टीभित्र बसेर पार्टीकै विरुद्धमा गतिविधि गर्ने कुरा स्वीकार्य हुन सक्दैन’ पौडेलले भने ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: