
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी संसद निशा डाँगीले हत्या आरोपित सांसद लक्ष्मी महतो कोइरीबारे जानकारी माग गरेकी छिन् । मंगलबारको संसद बैठकमा उनले भनिन्, ‘सभामुख महोदय यस सदनका एक सदस्य लक्ष्मी महतो कोइरी यस सदनलाई जानकारी गराएर अनुपस्थित भएका हुन् वा जानकारी नगराइ ? यदि जानकारी गराएको भए के जानकारी गराएका छन्, सदनलाई जानकारी गराउन सभामुखलाई अनुरोध गर्न चाहेँ । र यदि जानकारी नगराएको भए, सभामुख महोदय अहिलेसम्म संविधानबमोजिम कोइरीलाई किन कारबाही गरिएन, यस प्रश्नको उत्तर सभामुखबाट नै सुन्न चाहेँ ।’
नेपालको संविधानको धारा ८९ (घ) मा कुनै पनि सांसद सदनलाई जानकारी नदिइ दशवटा भन्दा बढी बैठकमा अनुपस्थित रहेमा निजको सांसद पद रिक्त हुने व्यवस्था छ । सदनमा उठेका प्रश्नहरूको जवाफ दिन सरकार उदासिन बनेको उनको गुनासो छ ।
‘प्रतिनिधिसभा निर्वाचन २०७९ पछिको यो सदनको पहिलो अधिवेसनको अन्त्यतिर आएका छौँ । यो अधिवेसनमा केही गर्न सकेको अनुभुति न मैले गर्न सकेँ, न आम नेपाली जनताले गर्न सके । यो सदनमा उठेका प्रश्नहरूको जवाफ दिन पनि सरकार उदासिन रहेको महसुस भयो । सभामुख महोदय, सदनको पहिलो अधिवेसनमा संसदीय समितिहरू समेत बन्न सकेनन् यो दुःखको कुरा हो,’ उनले भनिन् ।









































































































































































































































































.jpg)















































































































































.jpg)
































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google