राष्ट्रपति निर्वाचनमा १८ संघीय सांसदले दिएनन् मत

दर्पण दैनिक २५ फाल्गुन २०७९,१६:३३
post

काठमाडौं । राष्ट्रपति निर्वाचनमा संघीय संसदतर्फ १८ जना सांसदहरुको मत खसेन । १५ जना निर्वाचन प्रक्रियामा सहभागी नभएर र ३ जना अन्य कारणले अनुपस्थित भएका हुन् । मुलुकको तेस्रो राष्ट्रपति निर्वाचनका लागि भर्खरै सम्पन्न मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का १५ जना सांसद निर्वाचन प्रक्रियामा अनुपस्थित भएका छन् । 


राप्रपाले निर्वाचन प्रक्रियामा तटस्थ बस्ने र नेमकिपाले सहभागी नहुने निर्णय गरेको थियो । राप्रपाका १४ र नेमकिपाका १ जना संघीय सांसद छन् । 

यस्तै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका एक–एक सांसद स्वास्थ्य अवस्थाका कारण तथा नेकपा एमालेका एक सांसद पक्राउ पर्ने डरले अनुपस्थित भएका छन् । 

कांग्रेस सांसद डा. चन्द्र भण्डारी उपचारका क्रममा भारतको मुम्बई छन् भने माओवादी केन्द्रका सांसद वर्षमान पुन चीनमा छन् । यस्तै एमाले सांसद लक्ष्मी कोइरी नेपाल प्रहरीको फरार सूचीमा छन् । 


यस्तै प्रदेशसभा तर्फ ३२ जना सांसदहरु मतदानमा अनुपस्थित भएका छन् । राप्रपाका २५ र नेमकिपाका ३ जना सांसद मतदानमा अनुपस्थित हुँदा जनता समाजवादी पार्टी (जसपा) की सांसद विन्दुकुमारी यादव अस्पताल भर्ना भएकी छन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post