निःशुल्क शिविरले फेरिदिएको जीवन : ८ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार

दर्पण दैनिक १९ बैशाख २०८३,०९:११
post

कालिकोट । कालिकोटकी ११ वर्षीया प्रियंका विकले आठ वर्षपछि फेरि उज्यालो संसार देख्न पाएकी छन् । बाल्यकालमा लागेको चोट (ट्रमा) का कारण दाहिने आँखाको दृष्टि गुमाएकी उनले शल्यक्रियापछि पुनः दृष्टि पाएकी हुन् । आर्थिक अवस्था कमजोर, स्वास्थ्य सेवाको पहुँचबाट टाढा र अभिभावकको अभावका कारण प्रियंकाले लामो समयदेखि अन्धकारमा जीवन बिताउनु परेको थियो । उनका बुबा रोजगारीका लागि भारतमा रहेकाले समयमै उपचार गराउन परिवारलाई सहज थिएन । तर, जिल्ला आँखा उपचार केन्द्रमा हालै सञ्चालित निःशुल्क आँखा शिविर उनको जीवनमा ‘वरदान’ सावित भयो ।

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. हरि विक्रम अधिकारीको नेतृत्वमा गरिएको जटिल शल्यक्रिया सफल भएपछि प्रियंकाको आँखाको ज्योति फर्किएको हो । वैशाख १४ देखि १६ गतेसम्म सञ्चालित शिविरमा शल्यक्रियापछि पट्टी खोल्दा उनी निकै उत्साहित देखिएकी थिइन् । “फेरि उज्यालो देख्छु भन्ने कल्पना पनि गरेकी थिइनँ,” प्रियंकाले खुसी व्यक्त गरिन् ।

नेपाल नेत्रज्योति संघ कालिकोटको आयोजना तथा रिड्ली आई फाउन्डेसनको आर्थिक सहयोगमा जुम्लाको चन्दननाथ आँखा अस्पतालमा शिविर सम्पन्न भएको हो । हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम प्रमुख सुवास नेपालका अनुसार तीन दिनसम्म चलेको उक्त शिविरमा ५ सय ८४ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये १७३ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।


“कर्णालीजस्ता दुर्गम क्षेत्रमा नागरिक अझै पनि सामान्य स्वास्थ्य सेवाबाट वञ्चित छन्,” नेपालले भने, “आर्थिक अभाव र भौगोलिक विकटताका कारण वर्षौँसम्म अन्धकारमा बस्न बाध्य भएकाहरूका लागि यस्ता शिविरले ठूलो राहत पुर्‍याएको छ ।” शिविरमा आएका बिरामीहरूलाई औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

नेपाल नेत्रज्योति संघले स्थापनादेखि सन् २०२५ को अन्त्यसम्ममा आफ्नो सञ्जालमार्फत ५ करोड २ लाखभन्दा बढी बिरामीलाई सेवा दिइसकेको र ५६ लाख ५९ हजारभन्दा बढीको आँखा शल्यक्रिया गरिसकेको जनाएको छ ।  रासस

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३
post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८
post

२३ सहसचिवको सरुवा

१४ फाल्गुन २०८२,२१:११

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: