पार्टी एकता गर्न माओवादी केन्द्र नाम फेर्न तयार

दर्पण दैनिक १ आश्विन २०८०,२०:१८
post

काठमाडौं । नेकपा (माओवादी केन्द्र) पार्टीको नाम फेर्न तयार भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पार्टी कमिटीमा आन्तरिक सर्कुलर जारी गर्दै अन्य कम्युनिष्ट घटकहरुसँग पार्टी एकता गर्नको लागि पार्टीको नाम परिवर्तन गर्न तयार भएको बताएका छन् ।

भदौं २५ गते पेरिसडाँडामा बसेको पदाधिकारी बैठकको निर्णय पार्टी कमिटीमा पठाइएको सर्कुलरमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट घटकहरुसँग पार्टी एकताको विषयमा गम्भिर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्टमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ ।’

संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का सांसदहरुलाई संसदको बैठक र विषयगत समितिका बैठकहरु प्रभावित नहुने गरी तीन महिने अभियानमा उपत्यकामा जिम्मेवारी दिन समेत माओवादीले निर्णय गरेको छ ।

माओवादीले नेकपा एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वकाे नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित विचार मिल्ने दलहरुसँग एकताको प्रयास गरिरहेको छ । एकता प्रक्रियामा जान अन्य दलले नामलाई लिएर विमती जनाएपछि फेर्नेगरी अघि बढ्न लागेको हो ।

 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: