रास्वपा क्लोज क्याम्पले केन्द्रीय समितिलाई दियाे १५ सुझाव (सूचीसहित)

दर्पण दैनिक १९ श्रावण २०८१,१९:१७
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द कार्यशाला (क्लोज क्याम्प) ले २०८१ असोज ३ र ४ गते राष्ट्रिय भेला गर्न केन्द्रीय समितिलाई सुझाव दिएको छ । शुक्रबार र शनिबार भएको बन्द कार्यशालाले २०८२ वैशाख तेस्रो साता राष्ट्रिय महाधिवेशन गर्न सुझाव दिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बन्द कार्यशालाले केन्द्रीय समितिलाई विभिन्न १५ विषयमा सुझाव दिएको छ । जिल्ला संयोजक, उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेला गरेर तदर्थ समिति गठन गर्न र विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मशान्तभित्र तयार गरी राष्ट्रिय भेलामा पेश गर्न सुझाव दिएको छ ।

शासकीय स्वरुपका विषयमा पार्टीभित्र छलफल गरी संविधान संशोधनका बारेमा पार्टीको अवधारणा तयार गर्न, देशका गाउँदेखि विदेशका शहरसम्मका नेपालीसँग भेटघाट अभियानको सुरुवात गर्ने, स्थानीय तहमा छायाँ सरकार गठनको अभ्यास थालनी गर्न पनि बन्द कार्यशालाले सुझाव दिएको छ ।


पार्टीको केन्द्रीय अर्थ व्यवस्थापन समितिलाई विस्तार गरेर देश विदेशमा रहेका सबैलाई जोड्न पार्टी पिलर्स अवधारणा लागु गर्ने, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीको नियमावली र कार्यविधि भदौ मशान्तभित्र तयार गर्न पनि सुझाव दिएको कार्यबाहक प्रवक्ता झाले विज्ञप्ति मार्फत जानकारी दिए ।

 

विज्ञप्ति

रास्वपा बन्द कार्यशालाले केन्द्रीय समितिलाई दिएका सुझावहरुको मूल अंश

राष्ट्रिय स्वतन्त्र पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्नका लागि आयोजना गरिएको बन्द कार्यशाला आज सम्पन्न भएको छ । कार्यशालामा पार्टीको विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता र लिडरसीप एकेडेमी/क्यान्डिडेट क्लब गरी ६ विधामा छलफल गरिएको थियो । कार्यशालाले उल्लिखित पक्षहरुमा देहायका कदम चाल्नु पर्ने सुझावहरु केन्द्रीय समितिलाई दिएको छ ।

१. राष्ट्रिय भेला मिति २०८१ असोज ३ र ४ गते आयोजना गर्ने । 

२. राष्ट्रिय महाधिवेशन मिति २०८२ वैशाख तेश्रो सातामा गर्ने ।

३. विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समिति मार्फत् राष्ट्रिय भेलामा पेश गर्ने ।

४. जिल्ला संयोजक तथा उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेला मार्फत् जिल्ला तदर्थ समिति गठन गर्ने ।

५. पार्टीको अर्थ राजनीतिक (जलेश्वर) प्रस्तावनाको व्याख्या गरी  पार्टीको वाचापत्र लगायत अन्य दस्तावेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने ।

६. शासकीय स्वरुपका विषयमा पार्टीभित्र व्यापक छलफल गरी संविधान संशोधन समेतको कुरालाई मध्यनजर राखी पार्टीको अवधारणा तयार गर्ने ।

७. "जन आवाज अभियान" समिति गठन गरी देश भरिको जनगुनासा तथा मुद्दाहरु संकलन गर्ने र सदनमा उठाउने, कार्यान्वयन भए नभएको अनुगमन गर्ने । 

८. विधेयक मन्थन विभागलाई संसदमा दर्ता भएका विधेयकहरुबारे आवश्यकता अनुसार प्रवासमा समेत छलफल चलाई सुझाव संकलन गर्ने ।

९. क्यान्डिडेट क्लब र लिडरसीप एकेडेमीको विधान अनुसार नियमावली र कार्यविधि भदौ मसान्तसम्म तयार गर्ने ।

१०. पार्टीलाई प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय सभा, गोष्ठी आदि कार्यक्रमहरूमा जाने व्यक्तिको छनोटका लागि मापदण्ड तयार पार्ने।

११. पार्टीको आचारसंहिता र मुल्य मान्यतामा आधारित दस्तावेजहरु पुनरावलोकन गरी सदस्यहरुबाट प्राप्त सुझावहरु समेत समेटी प्रशिक्षणको सामग्रीमा समावेश गर्ने ।

१२. पार्टीको केन्द्रीय अर्थ व्यवस्थापन समिति विस्तार गरी देश विदेशमा रहेका सबैलाई जोड्न "पार्टी पिल्लर्स"को अवधारणा लागु गर्ने । 

१३. "देशका गाउँदेखि विदेशका सहरसम्म" का नेपालीसँग भेटघाट अभियानको सुरुवात गर्ने ।
१४.  चरणबद्ध रुपमा स्थानीय छाँया सरकार गठनको अभ्यास थालनी गर्ने ।
१५. आगामी साता सातै प्रदेशमा यसै प्रकृतिको बन्द कार्याशाला आयोजना गर्ने र केन्द्रीय बन्द कार्यशालामा सहभागी हुनुभएका नेताहरु सहजीकरणका लागि सहभागी हुने ।


मनिष झा

प्रवक्ता (कार्यवाहक)


 

 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: