काठमाडौँ । सिन्धुपाल्चोकमा बुधबार राति बरामद विद्युतीय चुरोट (भेप) भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरूङको भएको दाबी सांसदहरूले गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिषकुमार झा र नेकपा माओवादी केन्द्रका गंगा कार्कीले उक्त दाबी गरेका हुन् ।
प्रतिनिधिसभा बैठकमा नेकपा एमालेलाई कीर्तिपुरस्थित १० रोपनी जग्गा दान गर्ने भाटभटेनीका साहु मीनबहादुर गुरूङको समान ल्याइरहेको ट्रकबाट उक्त भेप बरामद भएको दाबी गरेका हुन । ‘भाटभटेनी सुपरस्टोरको समान लिएर आएको ट्रकबाट ७४० थान भेप समातिएको छ’, झाले भने, ‘प्रधानमन्त्रीको पार्टी कार्यालय बनाउने दाता भएकाले उनलाई संरक्षण नगरियोस भन्न चाहान्छु ।’
एमालेको पार्टी कार्यालयका जग्गा दाता मीनबहादुर गुरूङको समान लिएर आएको ट्रकमा अवैध भेप भेटिएकोबारे अन्य सांसदले पनि कुरा उठाएका छन् । ‘जग्गादाता भनेपछि कुनै कारबाही नहुने हो कि के हो ?’, सांसद झाले सोधे ।
झाले भेप बरामद भएको ट्रकको नम्बर नै खुलाएर उक्त सामान भाटभटेनीका साहुको भएको जिकिर गरे । ‘ना ६ ख ५४९६ ट्रक तातोपानी भन्सार नाका, अस्थायी प्रहरी चौकी बाह्रबिसेले समातेको छ, यो ट्रक भाटभटेनीको साहुको भएको खुलेको छ, यसमा छानबिन हुनु पर्छ,’ उनले भने ।
सिन्धुपाल्चोक प्रहरीले बुधबार राति ठूलो परिमाणमा भेप बरामद गरेको थियो । सिन्धुपाल्चोकस्थित चीनको तातोपानी नाका हुँदै भित्रिएको ट्रकबाट ७४० गोटा भेप बरामद भएको थियो । खुर्सानीबारी अस्थायी प्रहरी पोस्टले गएराति ना ६ ख ५४९६ नम्बरको ट्रक चेकजाँचको क्रममा भेप बरामद गरेको थियो ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google