दुर्गा प्रसाईँकाे हतियारबारे छानबिन गर्न ४ सदस्यीय छानबिन समिति गठन

दर्पण दैनिक १६ चैत्र २०८०,११:४२
post

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईँका नाममा रहेको हतियारको इजाजत पत्र र नवीकरणबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिमा गृह मन्त्रालयका उपसचिव (कानून) ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य रहेका छन् ।


प्रसाईँका सहयोगीबाट बरामद भएको २२ बोर ए३५४७५२ हतियार कानुनविपरीत इजाजत पत्र जारी र नवीकरण भएको भन्दै छानबिन समिति गठन भएको हो । गत चैत ५ गते सर्वोच्च अदालत परिसरबाट प्रसाईँका दुई जना सहयोगीहरू दीपक खड्का र राजकुमार धिताल हतियारसहित पक्राउ परेका थिए । खानतलासी गर्दा उनीहरूको साथबाट अर्धस्वचालित हतियार र सय गोली फेला परेको थियो । 

सर्वोच्च अदालतले इजाजत पत्र दिन नहुने हतियार बोक्नका लागि इजाजत दिएको विषयमा छानबिन गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि गृहमन्त्री लामिछानेले छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरेका हुन् । समितिलाई २२ बोर ए३५४७५२ नम्बरको हतियारको इजाजत पत्र तथा सोको नवीकरण सम्बन्धमा छानबिन गरी दोषी उपर कारबाहीको सिफारिस गर्न कार्यादेश दिइएको छ । 

यसै गरी व्यक्तिगत रूपमा इजाजत पत्र प्राप्त गरेका हातहतियारको प्रयोग सम्बन्धमा मापदण्ड निर्धारण गर्ने, हातहतियार नवीकरण सम्बन्धमा भएको कानूनी व्यवस्था र अभ्यासको विश्लेषण गरी हातहतियार खरखजाना सम्बन्धी ऐन र सोसँग सम्बन्धित प्रचलित कानूनमा गर्नुपर्ने सुधारका विषयहरू पहिचान गर्ने र इजाजत प्राप्त हातहतियार खरखजानाको दुरुपयोग रोक्न सो को अनुगमन, नियमन र नियन्त्रणका सम्बन्धमा गरिएको अभ्यासको समीक्षा गर्ने कार्यादेश छानबिन समितिले पाएको छ । समितिले हतियारको अभिलेख व्यवस्थापन र नियमन सम्बन्धमा उपयुक्त ढाँचा पहिचान गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने छ ।


 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: