काठमाडौं । नेपाल प्रहरीको निमित्त केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीलाई दिइएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि कार्कीलाई निमित्त केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी दिइएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरक्षिकको सचिवालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्की लाई नेपाल प्रहरीको निमित्त केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी तोकिएको नेपाल प्रहरीको निमित्त केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google