यी हुन् रास्वपा केन्द्रीय समिति बैठकका ११ निर्णय (सूचीसहित)

दर्पण दैनिक २१ पुष २०८१,२०:२६
post

काठमाडाैँ । विभिन्न ११ बुँदे निर्णय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सकिएको छ । शनिबार र आइतबार चलेको बैठकले ११ बुँदे निर्णय गरेको हो । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकका निर्णयहरू यसप्रकार छन्:

१. बैठकमा मिति २०८१ पौष १८ गते दिवंगत हुनुभएकी नेपालकी प्रथम महिला राजदूत श्री विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको छ ।

२. बैठकमा पार्टी कार्यवाहक सभापति श्री डोल प्रसाद अर्याल, उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक सन्दर्भमा जानकारी गराउनुहुँदै पार्टीका गतिविधिका बारेमा पनि अवगत गराउनुभयो । साथै पार्टीका संस्थापक सभापति श्री रवि लामिछानेका सम्बन्धमा चलिरहेको अदालती प्रक्रिया सम्बन्धी पछिल्लो अवस्थाका सम्बन्धमा जानकारी गराइयो । 

३. हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षामा पार्टीका प्रदेश महामन्त्रीहरू, केन्द्रीय संगठन विभाग तथा केन्द्रीय प्रशिक्षण विभागका सदस्यहरुको सहभागितामा उपनिर्वाचनमा पार्टीका अनुभव, सिकाई र चुनौतिहरू समेटिएका समीक्षा प्रतिवेदन पारित गरियो ।

४. बैठकले केन्द्रीय सदस्यको नेतृत्वमा पार्टीको संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त अभियानमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग, जिल्ला/निर्वाचन क्षेत्र समिति समेतको सहभागिता रहने र अभियानले सदस्यता विस्तारका साथै पालिका तथा वडा समितिहरु निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिहरुलाई सहजीकरण गर्नेछ । उल्लिखित अभियान यही माघ २ गतेबाट सुरु गरी दुई महिनासम्म सञ्चालन हुनेछ ।

५. पार्टीको राजनीतिक प्रशिक्षण पाठ्यक्रम केन्द्रीय सदस्यहरुको सुझाव सहित पारित गरियो । राजनीतिक प्रशिक्षण केन्द्रीय देखि प्रदेश, जिल्ला, पालिका तहसम्म सञ्चालन गर्ने  निर्णय भयो ।

६. संविधानमा आवश्यक परिमार्जनको सन्दर्भलाई मध्यनजर गर्दै प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा "संविधान परिमार्जन सुझाव कार्यदल, २०८१" गठन गरिएको छ । सो कार्यदलले संविधान परिमार्जनका लागि सुझाव संकलन गर्न सातै प्रदेशमा छलफल चलाउने र संविधानविद् एवं सरोकारवालासँग आवश्यक परामर्श गरी दलको तर्फबाट धारणा सार्वजनिक गर्नेछ । यस कार्यदलमा केन्द्रीय सदस्यहरु क्रान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, गणेश पराजुली, असिम शाह, कुसुम महर्जन र मेघ आले रहनुभएको छ । कार्यदलले प्रदेश तहमा गर्ने छलफलको संयोजन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेश सभापतिलाई तोकिएको छ ।

७. मिति २०८० मंसिर ११, १२ र १३  गते जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट पारित पार्टीको राजनीतिक प्रस्तावनाका सम्बन्धमा उपसभापति डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत व्याख्यात्मक दस्तावेज पार्टीको राजनीतिक प्रशिक्षणमा प्रयोग गर्नका लागि पारित गरियो ।

८. पार्टीको कार्यसम्पादनलाई प्रभावकारी बनाउन पार्टी महामन्त्रीको संयोजकत्वमा सहमहामन्त्री पदेन रहने गरी केन्द्रीय सदस्य, केन्द्रीय सल्लाकार र केन्द्रीय विभाग सदस्य सम्मिलित केन्द्रीय कार्यसम्पादन इकाई गठन गर्ने निर्णय गरियो।

९. विभिन्न सन्दर्भ र प्रयोजनका लागि बनाइएका देहायका समिति तथा कार्यदलहरुको प्रयोजन पूरा भएकाले विघटन गरिएको छ ।

क. नीति विचार कार्यदल, २०८०
ख. केन्द्रीय उपनिर्वाचन परिचालन समिति, २०८१
ग. विधान संशोधन सुझाव कार्यदल, २०८१
घ. केन्द्रीय समिति सदस्य सिफारिस समिति, २०७९

१०. पार्टीले संघीय सदन बाहिर रहेका राजनीतिक दल/शक्तिहरुका जनपक्षीय र राष्ट्रहितका आवाजलाई  सदनमा प्रतिनिधित्व गर्ने गरी आवश्यक कार्य अगाडि बढाउने निर्णय गरेको छ ।

११. विभिन्न विषयहरुमा राजनीतिक, बौद्धिक परामर्शका लागि  पार्टी केन्द्रीय तहमा सल्लाहकार परिषद्/ थिंकट्यांक सदस्यहरु मनोनित गर्दै जाने निर्णय गरियो ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४
post

गगन र विश्व कारबाहीमा

१ माघ २०८२,१६:०७
post

मोरङ– ३ मा गणेश कार्की विजयी

२४ फाल्गुन २०८२,०७:२२
post

सल्यानमा नेकपाका मल्ल विजयी

२४ फाल्गुन २०८२,०७:२७
post

दाङ-१ मा रास्वपाका पाठक विजयी

२४ फाल्गुन २०८२,१०:४१
post

जुम्लामा रास्वपाकाे जमानत जफत

२५ फाल्गुन २०८२,११:५४
post

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,०८:२७
post

समानुपातिक सिट बाँडफाँट

२९ फाल्गुन २०८२,०८:३७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: