तनहुँमा १३ वडाको मतगणना सकिँदा कसकाे कति ?

दर्पण दैनिक ११ बैशाख २०८०,१३:०४
post

दमौली । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले पाँच हजारभन्दा बढी मतान्तरले अग्रता लिएका छन् ।

आइतबार राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकोमा आज बिहान १० बजेसम्मको नतिजाअनुसार उनले पाँच हजार दुई सय ५६ मतान्तरले अग्रता लिएका हुन् ।

हालसम्म १३ वडाको मतपरिणाम सम्पन्न हुँदा डा. वाग्लेले १० हजार दुई सय ५९ प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले पाँच हजार तीन मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का सर्वेन्द्र खनालले दुई हजार सात सय ९७ मत प्राप्त गरेका छन् ।

आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी–३, आँबुखैरेनी–४, आँबुखैरेनी–५, आँबुखैरेनी–६, भानु–१०, भानु–८, भानु–३, भानु–७, भानु–४, भानु–५ र भानु–११को मतगणना सम्पन्न भएकोे मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।

आँबुखैरेनी–१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार ६५, नेपाली कांग्रेसका भट्टराईले दुई सय ६५ र नेकपा ९एमाले०का खनालले ५४ मत प्राप्त गरे ।

आँबुखैरेनी–२ मा एक हजार तीन सय ९२ मत खसेकोमा रास्वपाका वाग्लेले आठ सय ८१, नेपाली कांग्रेसका भट्टराईले तीन सय ३६ र नेकपा ९एमाले०का खनालले एक सय आठ मत प्राप्त गरे ।

आँबुखैरेनी–३ मा दुई हजार एक सय ७३ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार पाँच सय १८, नेपाली कांग्रेसका भट्टराईले चार सय एक र नेकपा (एमाले) का खनालले एक सय ९१ मत प्राप्त गरे ।

आँबुखैरेनी–४ मा ६ सय ९४ मत खसेकोमा रास्वपाका वाग्लेले तीन सय ३२, नेपाली कांग्रेसका भट्टराईले दुई सय ३७ र नेकपा (एमाले) का खनालले ८५ मत प्राप्त गरे । आँबुखैरेनी–५ मा पाँच सय ७० मत खसेकामा रास्वपाका वाग्लेले तीन सय ७१, नेपाली कांग्रेसका भट्टराईले एक सय ४९ र नेकपा (एमाले) का खनालले २८ मत प्राप्त गरे ।

आँबुखैरेनी–६ मा सात सय चार मत खसेकोमा रास्वपाका वाग्लेले दुई सय ८१, नेपाली कांग्रेसका भट्टराईले दुई सय ५९ र नेकपा (एमाले) का खनालले एक सय ३० मत प्राप्त गरे ।

भानु–३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय १६, नेपाली कांग्रेसका भट्टराईले चार सय १८ र नेकपा (एमाले) का खनालले तीन सय ५१ मत प्राप्त गरे । भानु–४ मा एक हजार ६ सय ७५ मत खसेकोमा रास्वपाका वाग्लेले सात सय ५९, नेपाली कांग्रेसका भट्टराईले चार सय ८२ र नेकपा (एमाले) का खनालले तीन सय ९४ मत प्राप्त गरे ।

भानु–५ मा एक हजार पाँच सय ८४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय ७६, नेपाली कांग्रेसका भट्टराईले पाँच सय ३१ र नेकपा ९एमाले०का खनालले दुई सय ३७ मत प्राप्त गरे ।

भानु–७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका वाग्लेले छ सय ५५, नेपाली कांग्रेसका भट्टराईले तीन सय १२ र नेकपा ९एमाले०का खनालले दुई सय ७० मत प्राप्त गर्नुभयो ।

भानु–८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, नेपाली कांग्रेसका भट्टराईले चार सय ५८ र एमालेका खनालले चार सय ३७ मत प्राप्त गरे ।

भानु–१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ४६, नेपाली कांग्रेसका भट्टराईले पाँच सय ५१ र एमालेका खनालले तीन सय २९ मत प्राप्त गरे ।

भानु–११ मा दुई हजार १४ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार दुई सय दुई, नेपाली कांग्रेसका भट्टराईले पाँच सय ९३ र एमालेका खनालले एक सय ८३ मत प्राप्त गरे । तनहुँ क्षेत्र नं १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: