बीपीका विचारको बहस गराउन नसक्नु कांग्रेसको ठूलो कमजोरी : देउवा

दर्पण दैनिक २४ भाद्र २०८०,१३:०१
post

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा समाजवादोन्मुख राष्ट्र भनेर लेखिए पनि त्यसको मर्मअनुरूप देशलाई अघि बढाउन नपाएको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बीपी साहित्य महोत्सवको उद्घाटन गर्दै उनले समाजवाद र राजनीतिक विचार तथा साहित्यका विषयमा बीपीका विचारको बहस गराउन नसक्नु कांग्रेसको ठूलो कमजोरी भएको बताए ।

'नेपाल समाजवादउन्मुख राष्ट्र भनेर संविधानमा लेखेका छौँ, तर यसको मर्मअनुसार अभ्यास गर्न पाएका छैनौँ । नागरिकको समस्या र असन्तुष्टि, समाजमा देखिएका विविध विसंगतिलाई बीपीका आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक विचारले मात्र समाधान गर्न सम्भव छ भन्ने दृढ विश्वास भए पनि उहाँको विचारलाई हरेक पुस्तका नागरिकबीच पर्याप्त बहस र छलफल गराउन नसक्नु कमजोरी भएका छन्,' देउवाले भने ।

बीपी अन्तर्राष्ट्रियस्तरमा समेत राजनीतिक विचारक र नेपाली समाजमा सबै किसिमका विभेदविरुद्ध ‘आगो ओकल्ने’ तथा नागरिक समावेशीता, नागरिकको न्यायिक समानता र स्वतन्त्रताको पक्षमा लड्ने व्यक्ति भएको उनले बताए ।

उनलाई भेट्न जाँदा ‘ठूलो मान्छे हैन, असल मान्छे बन्नू’ भनेको स्मरण गर्दै देउवाले बीपी मार्क्स र गान्धीलाई गहिरिएर अध्ययन गरेका नेता भएको उल्लेख गरे ।

'उहाँ अहिंसा लोकतन्त्रको सन्दर्भमा गान्धीसँग निकट हुनुहुन्थ्यो भने आर्थिक समानताका विषयमा मार्क्सवादी चिन्तलाई आवश्यक ठान्नुहुन्थ्यो,' देउवाले भने । बीपीका राजनीतिक, साहित्यिक, जेलमा भोग्नुपरेको जीवन, सामाजिक तथा आर्थिक, धार्मिक, सांस्कृतिक पक्षको आजको पुस्तलाई ज्ञान बाँड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।

'बीपी आफैँमा बहुआयामिक तथा अनुकरणीय राजनीतिक विचारक हुनुहुन्थ्यो,' उनले भने, 'साहित्यमा अजरअमर नक्षत्रको रूपमा आज पनि स्थापित हुनुहुन्छ ।' सभापति देउवाले सबै दलहरूले कुनै न कुनै रूपमा बीपीको अनुशरण गरेको जिकिर गरे । उनले बीपी विचारले मुलुक समृद्ध बन्ने पनि बताए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: