
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सरकारले अमानवीय र अन्याय गरिरहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीलाई तीन दिनभित्र रवि लामिछानेको मुद्दा अदालतमा दर्ता गराउन माग गरे ।
उनले कानूनी राज्यलाई मान्ने दायित्व राष्ट्रिय स्वतन्त्र पार्टीको पनि भएको भन्दै अदालतले गर्ने फैसला मान्नुपर्ने बताए ।उनले सरकारले पूर्व गृहमन्त्री रवि लामिछानेलाई गिरफ्तार गरेर १० दिनमा अदालत लैजानुपर्ने भएपनि अहिलेसम्म अमानविय व्यवहार गरिरहेको बताए । शर्माले गिरफ्तार गरेर अनुसन्धान गर्नु सरकार, प्रहरी र कानूनको दायरामा पर्ने विषय भए पनि एउटा मान्छेलाई गिरफ्तार गरेर यतिसम्म अमानवीय व्यवहार गर्नु स्वीकार्य नभएको बताए ।
उनले भने, ‘अनुसन्धान गर्नेकुरा सरकार, प्रहरी र कानूनको दायरामा पर्ने विषय हो । तर एउटा मान्छेलाई गिरफ्तार गरेपछि प्रक्रिया हुन्छ । नेपाली काँग्रेसको गृहमन्त्री भएको बेलामा न्यायिक निरुपणको विषय भएकाले १० दिनभित्रमा अदालतमा बुझाउनु पर्ने भए पनि नियतवस जानीजानी मानसिक रुपमा कमजोर बनाउनको निम्ति विभिन्न ठाउँमा कुदाउने काम भएको छ । लोकलाई लाज हुनेगरी अन्यायपूर्ण ढङ्गले रवि लामिछानेलाई थुनामा राख्ने काम भएको छ ।’ उनले सरकारले लामिछानेलाई नियतवस वा जानिजानि मानसिक रुपमा कमजोर बनाउनको निम्ति विभिन्न ठाउँमा पुर्याउने काम गरिरहेको बताए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)



















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google