पार्टी सदस्यता त्याग्न शिक्षकहरूलाई सुमना श्रेष्ठको आह्वान

दर्पण दैनिक १५ बैशाख २०८२,११:४२
post

काठमाडौं । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई सत्य र न्यायको पक्षमा उभिन पार्टीको सदस्यता त्याग्न आह्वान गरेकी छन् ।

शिक्षकहरूमाथि प्रहरीले बल प्रयोग गरेको घटनापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै श्रेष्ठले पार्टी र नेताको छायाँमा बस्ने कि विधिसम्मत रूपमा अघि बढ्ने भन्ने निर्णय आफैँ गर्नु पर्ने बताएकी छन् । उनले लेखेकी छन्, ‘नेताहरूलाई बुइँमा चढाएर सत्तामा पुर्‍याउने तपाईँहरू नै हो, आज तिनै नेताहरूको दमनले उहाँहरूको नैतिकता र चरित्र उदाङ्गो पारेको छ ।’

श्रेष्ठका अनुसार सदन र सार्वजनिक भाषणमा शिक्षकहरूप्रति देखाइएको सम्मान केवल देखावटी हो र वास्तविक व्यवहार आजको घटनाले स्पष्ट पारेको छ । उनले विगतमा देशमा विभिन्न कालखण्डमा शिक्षकहरूको योगदानले व्यवस्था परिवर्तन सम्भव भएको स्मरण गराउँदै भनिन्, ‘हामीले व्यवस्था त परिवर्तन गर्यौं, तर नेतृत्वकर्ताहरूको संस्कार परिवर्तन गर्न सकिएन ।’

अब मुलुकमा संस्कारको परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले शिक्षकहरूलाई अग्रसर भई सत्य र न्यायको लागि सङ्घर्षमा उत्रन आग्रह गरेकी छन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: