काठमाडाैं । सरकारले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले केदारनाथ शर्मा, बैकुण्ठबहादुर अधिकारी र मुरारीप्रसाद खरेललाई सचिवमा बढुवा गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेका सहसचिवलाई सचिवमा बढुवा गरिएको सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
प्रशासन सेवामा रिक्त भएको सचिव पदमा शर्मा, लेखापरीक्षकतर्फ अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा खरेललाई बढुवा गरिएको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google