नुवाकोट । नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार सञ्चालनमा आएको छ। कारागारको पहिलो युनिट भवनको नवनिर्मित संरचनाको शनिबार गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेसँगै जिल्ला कारागार नुवाकोटका कैदीबन्दी स्थानान्तरण गरेर कारागार सञ्चालनमा ल्याइएको हो । विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा निर्माण गरिएको केन्द्रीय कारागारको भवनलाई औद्योगिक कारागारका रुपमा स्थापित गराउन आवश्यक थप संरचनालाई क्रमशः निर्माण गर्दै अघि बढाइने गृहमन्त्री लेखकले जानकारी दिए । ‘देशभरमा करिब १३ हजार क्षमताको कारागारमा अहिले २८ हजारलाई राख्दै आएका छौँ,’ उउनले भने, ‘गृह मन्त्रालयले एक सय दिनमा गर्ने कार्ययोजनाअनुरुप केन्द्रीय कारागार सञ्चालनमा ल्याइएको छ। आवश्यक थप संरचनाको क्रमशः निर्माण अघि बढाउँदै लगिनेछ ।’
कारागारलाई सुधार गृहका रुपमा अघि बढाउन सरकारले विभिन्न योजना बनाए पनि भौतिक पूर्वाधार अभावले समस्या भइरहेको समयमा नुवाकोटको केन्द्रीय कारागारलाई नमूनासहित औद्योगिक कारागार बनाई आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने गृहमन्त्री लेखकको भनाइ छ ।
सुविधासम्पन्न नयाँ भवनमा उद्यम र सीप सिकाइ हस्तकलाका सामग्री उत्पादन गराई त्यसको बिक्रीबाट कैदीबन्दीको आम्दानी र स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । पहिलो चरणअन्तर्गत १ हजार ३ सय ७० जना कैदीबन्दी राख्ने क्षमताको पहिलो युनिटका संरचनाको निर्माण सम्पन्न भएसँगै आज नै जिल्ला कारागार नुवाकोटमा रहेका १४ जना महिलासहित एक सय ४८ जना कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यको अनुसार केन्द्रीय जगन्नाथदेवल, नख्खु कारागार ललितपुर, डिल्लीबजार कारागार काठमाडौँबाट थप पाँच सय कैदी नुवाकोटमा स्थानान्तरण गरिनेछ । त्यसपश्चात् आसपासमा पर्ने रसुवा, धादिङ, गोरखाबाट ल्याएर पूर्ण क्षमतामा एक हजार तीन सय ७० कैदीबन्दी पुर्याइने भएको छ । काठमाडौँमा रहेको केन्द्रीय कारागारलाई विसंं २०७० चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटमा स्थानान्तरण गर्ने निर्णयपश्चात् निर्माण थालिएको पाँचमध्ये पहिलो युनिटअन्तर्गतका संरचना (भवन) गत साउन १ मा पूरा भएसँगै कारागारलाई सञ्चालनमा ल्याइएको हो ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)































































































































































































































































































.jpg)












































































































































.jpg)

























































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google