वीपीकै विचार र व्यवहारले मुलुक र जनताले न्याय प्राप्त गरे : सहमहामन्त्री उपाध्याय

दर्पण दैनिक २५ भाद्र २०८०,१२:०९
post

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको विचारमा न्याय र रूपान्तरण भएको बताएकी छन् । मुलुकमा ऐतिहासिक परिवर्तन र न्यायका लागि दूरदर्शी नेता वीपीका विचार निर्णायक भूमिकामा भएको स्पष्ट पारिन् । आइतबार ११०औं वीपी जयन्तीका अवसरमा ताप्लेजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिक आन्दोलन र ऐतिहासिक परिवर्तनमा वीपीको योगदान अतुलनीय रहेको तथा उनकै विचार र व्यवहारले मुलुक र जनताले न्याय प्राप्त गरेको दाबी गरिन् ।

‘विभिन्न ऐतिहासिक परिवर्तनसँगै यतिबेला जनताले न्यायको अनुभव गरेका छन्, जनताकै शासन आएको छ, हामीले देखेको/भोगेको उल्लेखनीय परिवर्तन दूरदर्शी नेता वीपीकै उत्कृष्ट विचारको परिणाम हो’, सहमहामन्त्री उपाध्यायले भनिन् ।

वीपीको विचारलाई अनुसरण गर्न भविष्यमा पनि उत्तिकै सान्दर्भिक हुने उनले बताइन् । वीपीका विचार र व्यवहारका प्रभाव युगौं युगसम्म रहने उल्लेख गर्दै उनले पार्टीले उनका विचार र सिद्धान्तलाई भुल्न नहुने बताइन् । पार्टीका नेता महेन्द्र यादवमाथि भएको आक्रमणका साथै कोशी प्रदेशसभा सदस्य खगेनसिं हाङ्गाममाथि प्रहरीद्वारा भएको दुव्र्यवहारप्रति सहमहामन्त्री उपाध्यायले गम्भीर ध्यानाकर्षण भएको बताइन् ।

कार्यक्रममा नेपाल महिला संघका केन्द्रीय अध्यक्ष उषा राउत मिश्र, सांसद् लीलादेवी बोखिम, पार्टीका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ लगायतले आआफ्ना धारणा राखेका थिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: