गृहमन्त्रीलाई बोल्न दिनुपर्छ : राप्रपा

दर्पण दैनिक ४ जेष्ठ २०८१,१४:२५
post

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिनुपर्नेमा जोड दिएको छ । गृहमन्त्री लामिछानेको सहकारी ठगी छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान राख्दै आएको नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाललगायत प्रतिपक्ष दलहरूको बैठकमा राप्रपाले सो कुरामा जोड दिएको हो । 

गृहमन्त्री लामिछानेले बोल्न पाउनुपर्छ भन्नेकुरा आफूहरूले बैठकमा राखेको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए । शुक्रबार संसद् भवन परिसरमा कांग्रेससहितका विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूहरूले संसदीय समिति बनाएर सहकारी ठगी छानबिन गर्नुपर्ने कुरा राखेको बताए ।

प्रमुख सचेतक शाहीले सभामुख देवराज घिमिरेले जबरर्जस्ती संसद् बैठक चलाउन खोजेको आरोप पनि लगाए । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९