ललितानिवासमा २९० जनाविरुद्ध मुद्दा दर्ता

दर्पण दैनिक १० भाद्र २०८०,१३:५८
post

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा २९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दिएको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार मुद्दा दर्ता गरेको सरकारी वकिलको कार्यालयका महेश खत्रीले बताए । सीआईबीले प्रतिवादीहरुलाई संगठित अपराधको कसूरमा पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । तर, सरकारी वकिलले संगठित अपराधमा मुद्दा नचल्ने निर्णय गरेको छ ।

सीआईबीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि प्रतिवादी बनाउन सिफारिस गरेको थियो । तर, सरकारी वकिलले शाहलाई प्रतिवादी बनाउनुनपर्ने निर्णय गरेको छ । सीआईबीको अनुसन्धानमा उनले तत्कालीन जिल्ला मालपोत कार्यालय, भक्तपुरको प्रमुख रहँदा भूमाफियालाई सहयोग गर्ने गरी काम गरेको खुलेको थियो । त्यसवापत शाहले श्रीमती उर्मिला शाहको नाममा ११ आना २ पैसा जग्गा लिएको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख थियो ।

सुधीर पत्नी उर्मिला शाह र गेहनाथ पत्नी भुवनकुमारी चापागाईंको नाममा कित्ता नं. ३६ को १ रोपनी २ पैसा जग्गा पनि भेटिएको थियो । तर, सीआईबीले उनलाई प्रतिवादी बनाएन । बरु सीआईबीले प्रतिवादी बनाउन नपर्ने भनेको सचिव कृष्णबहादुर राउतलाई भने प्रतिवादी बनाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ ।

ललितानिवासको जग्गाबारे २०४९, २०६०, २०६२, २०६७ र २०६९ सालमा विभिन्न सरकारी निकायबाट निर्णय भएर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको थियो । यो प्रकरणमा १८ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । पुरानो घटना भएकाले यसमा मुलुकी ऐन, २०२० अनुसारको बिगो दाबी माग गरिएको छ ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: