काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोध गर्दैमा ठूलो हुने भए राष्ट्रिय जनमोर्चाले सय सीट ल्याउने टिप्पणी गरेका छन् । सोमबार पाार्टी निकट नेवाः संघको कार्यक्रमलाई सम्बोधन गर्दै एमसीसीको विरोधमा उभ्याएर सरकारबाट फाल्ने षडयन्त्र १२ बुँदे व्याख्यात्मक घोषणामार्फत असफल पारेको बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टीको पहलकदमीमा एमसीसीमा व्याख्यात्मक टिप्पणी ल्याएर हाम्रो देशको स्वाभिमानको रक्षा गरेका छौँ । केही केही मान्छेहरूको गीत नै एमसीसी हामीले अस्वीकार गर्नुपर्दथ्यो भन्ने छ ।’
अध्यक्ष नेपालले एमसीसीको विरोध गर्नु अरू केही नभए गठबन्धनलाई सरकारबाट फाल्ने षडयन्त्र भएको बताए । उनले भने, ‘एमसीसीको विरोध केही नभएर हामीलाई सरकारबाट फाल्दिने, पार्टीलाई कमजोर बनाउने, अमेरिकनहरूको स्वार्थको रक्षा हुने विदेशीहरूको हालीमुहाली चल्दाखेरि तमासा मात्रै हेरेर बस्ने अनि जनताले वाहवाह भनेर साथ दिनेथिए भन्नु हवाई कल्पनाबाहेक केही होइन ।’


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google