
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठजनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । महाधिवेशनबाट निर्वाचित नभएका महाधिवेशन प्रतिनिधिहरूबाट ३३ केन्द्रीय सदस्य देउवाले मनोनीत गर्न पाउँछन् । यसअघि नै धेरै जना मनोनीत गरिसकेका देउवाले बिहीबार आठ केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।
'नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ,' कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)
























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)



















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google