काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सुन काण्डको गहिराइमा पुगेर अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भरिया मात्रै नभएर योजनाकारसम्म पुग्नेगरी अनुसन्धान गर्न आग्रह गर्दै सामान्य मजदुरको टाउकोमा मात्रै दोष थोपार्ने काम नगर्न आग्रह गरे ।
नेपाल प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सुन तस्करीमा संलग्न व्यक्ति पक्राउ परेपछि संसद अवरोध गर्ने काम पनि राम्रो नभएको बताउँदै काण्डको विरोध गर्ने राम्रो कुरा भए पनि अनुसन्धान हुँदाहुँदै विरोध तथा संसद अवरोध गर्ने काम राम्रो नभएको बताए । उनले सुन काण्डमा जरैसम्म पुगेर अनुसन्धान गर्न र मुख्य योजनाकारलाई समात्न आग्रह गर्दै अनुसन्धान गरे झै गर्ने, सामान्य मजदुरको टाउकोमा दोष थोपरेर दोषीलाई उम्काउने काम भयो भने गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था पनि आउन सक्ने बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google