
काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेका १९ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। कार्यालयले आज सार्वजनिक सूचना जारी गरी दुई महिनाभन्दा बढी समयदेखि आफूखुसी गैरहाजिर रहेका विभिन्न दर्जाका प्रहरीहरूलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन भनेको हो।
कार्यालयले उनीहरूको खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत ती प्रहरी कर्मचारीहरू सम्पर्कमा नआएका जनाएको छ । प्राविधिक प्रहरी नायब निरीक्षक अन्जन सिंखडा, प्रहरी सहायक निरीक्षक भोजराज न्यौपाने, प्रहरी हवलदारहरू कमल रोका मगर देवेन्द्र डिसी, यौनी कमार मण्डल गत चैतदेखि गैरहाजिर छन् ।
प्रहरी जवानहरू शिव श्रेष्ठ, शिव कुमार चलाउने, रूपक केसी, विरेन्द्र सिंह भाट, सुमन खड्का, कन्हाईलाल राम, प्रसन्नकुमार विक, अनुप मिजार, अशोक नेपाली, कुलबहादुर सारू थापा, कल्याण जिसी माधव थापा र रमिता खत्री छन् ।










































































































































































































































































.jpg)














































































































































.jpg)









































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google