एमाले महासचिव पोखरेलसहित २२ नेता चीन भ्रमणमा जाँदै (सूचीसहित)

दर्पण दैनिक १५ भाद्र २०८०,१६:२७
post

काठमाडौं । नेकपा (एमाले) महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल १२ दिने भ्रमणका लागि शनिबार चीनको सद्‍भावना भ्रमणमा जाने भएको छ । महासचिव नेतृत्वको भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्यदेखि जनवर्गीय संगठनका अध्यक्ष समेत छन् ।

भ्रमण टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्नेछ भने चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेताहरूसँग भेटवार्ता हुनेछ । भेटका क्रममा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष छलफल हुनेछ भने एमाले र चिनियाँ कम्युनिष्ट पार्टी बीचको पार्टीस्तरीय सम्बन्धका विषयमा अन्तरक्रिया हुने जनाइएको छ ।

भ्रमण टोलीमा एमाले महासचिव पोखरेल, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम र पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह छन् । यस्तै केन्द्रीय सदस्य रामबहादुर मगर, केन्द्रीय सदस्य तथा अध्यक्ष तथा अखिल नेपाल महिला संघ टुकाभद्र हमाल तथा केन्द्रीय सदस्यहरू सहदेव बोगटी, निरजप्रसाद आचार्य, मञ्जुदेवी गुरुङ, अजयकुमार गुप्ता, रचना खड्का, भगवती थापा क्षेत्री, मानवीर राई र कपिलदेव पोखरेल छन् ।

साथै, जिफन्ट महासचिव लक्ष्मणकुमार शर्मा, अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष पिताम्बर भूषाल, राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियु अध्यक्ष समिककुमार बडाल, परराष्ट्र मामिला विभाग सदस्य गोपाल खनाल, प्रदेश कमिटी सदस्य तथा घोराही उपमहानगरपालिकाकी उपमेयर हुमाकुमारी डीसी सदस्य छन् ।

यस्तै सचिवालयका रूपमा राजेश राई र सरोजकुमार रेग्मी पनि भ्रमण दलका सदस्य छन् ।यसअघि माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा नेतृत्वको एक टोली पनि चीनका विभिन्न शहरहरूको भ्रमण गरेर फर्किएको थियो ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: