जनमत पार्टीले प्रतिनिधिसभाका दुई सांसदलाई निष्काशन गर्ने

दर्पण दैनिक १२ जेष्ठ २०८०,१९:५०
post

काठमाडौं ।  जनमत पार्टीले प्रतिनिधिसभाका दुई जना समानुपातिक सांसदलाई फिर्ता बोलाउन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । शुक्रबार बसेको जनमतको केन्द्रीय समिति बैठकले संसदमा प्रभावकारी भूमिका खेल्न नसकेको निष्कर्ष निकाल्दै सोनु मुर्मुर र बिनिता सिंहलाई सांसदबाट हटाउने प्रक्रिया थाल्ने निर्णय गरेको नेता चन्दक सिंहले जानकारी दिए । 

सांसदका रुपमा उनीहरुमा अक्षमता देखिएको निष्कर्ष निकाल्दै जनमतले सबै प्रक्रिया मिलाएर उनीहरुको ठाउँमा नयाँ नाम पठाउने निर्णय पनि  गरेको छ । यद्यपि बैठकले नयाँ नाम भने टुंगो लगाइसकेको छैन ।

जनमत पार्टीको प्रतिनिधिसभामा ६ सांसद रहेका छन् । जसमा सीके राउतमात्रै प्रत्यक्षबाट निर्वाचित भएका थिए । यस्तै बैठकले पार्टी हितविपरीतका गतिविधि गर्ने केही नेतालाई कारबाही गर्ने निर्णय समेत गरेको छ । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९