चरित्र हत्या गरेको भन्दै अदालत गए ज्ञानेन्द्र शाही

दर्पण दैनिक १३ भाद्र २०८०,१३:४८
post

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो निजी जीवनको विषयमा समाचार लेखेको भन्दै पत्रकारविरुद्ध जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गराएका छन् । समाचारमा चित्त नबुझे प्रेस काउसिन्लमा उजुरी दिनुपर्ने व्यवस्था हुँदाहुँदै सांसद समेत रहेका शाही अदालत गएका हुन् । आफ्नो निजी जीवनका विषयमा लेखिएका समाचारले चरित्र हत्या गरेको उनको जिकिर छ ।

शाहीले चितवन रत्ननगर नगरपालिका ४ का पत्रकार शंकर तिवारीविरुद्ध काठमाडौं अदालत र नेपाल प्रहरीको केन्द्रीय साइवर ब्युरोमा पनि उजुरी दिएका हुन् । सुरुमा प्रेस काउन्सिलमा उजुरी दर्ता गराउन गएका शाहीलाई प्रक्रिया नपुगेको भन्दै फर्काइदिएपछि उनी अरू निकाय गएका हुन् ।

उजुरीपछि जिल्ला अदालतले प्रतिवादी शंकर तिवारीलाई १२ असोजमा उपस्थित हुन आदेश दिएको छ । उजुरी दिएपश्चात् शाहीले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘विगत एक डेढ महिनादेखि आफूलाई पत्रकार भन्ने शंकर तिवारी नाम गरेको व्यक्तिले सामाजिक संजालमार्फत् चरित्र हत्या गर्ने र समाजलाई भ्रमित पार्ने काम गरेकोले मुद्दा दर्ता गरेको’ जानकारी गराएका छन् ।

नेपालको कानुन बमोजिम यस किसिमका गलत हर्कत गर्नेलाई हदैसम्मको कानुनी कारबाही गरी भविष्यमा यस किसिमका कपोकल्पित हर्कत गर्ने छुट कोही कसैलाई गर्न नसकोस् र कसैले गर्न नपाओस् भनी कानुनी उपचारको लागि मुद्दा दायर गरेको उनले बताएका छन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: