
काठमाडौँ । नेपाली कांग्रेसले पचास लाख सरकारको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार बाढी पहिराे पीडितको सहयोगका लागि संसदीय दलले सहयोग गर्ने र सबै सांसदहरूको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको उनले बताए ।
साथै केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्णय गर्दै बाढी पहिरोबाट बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र गर्न सरकारसँग माग गरेको छ । बेपत्ताको खोजीलाई तीव्र गर्न सरकारको ध्यानाकर्षण गराउँदै सबै घाइतेको निःशुल्क उपचार चाँडोभन्दा चाँडो गर्न पनि सरकारसँग माग गरेको हो ।
बैठक पश्चात् जानकारी दिँदै महतले पार्टीको संरचना तथा भातृ शुभेच्छुक संस्थालाई पनि नागरिकलाई सहयोग गर्न अपिल गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकका निर्णयहरूः
१) अविरल वर्षा, बाढी र पहिरोमा परेर केहि दिन यता सय भन्दा बढीको मृत्यु, कयौं बेपत्ता र कयौं घाइते भएको घटनाले यतिबेला समस्त नेपालीलाई मर्माहत बनाएको छ । यो समग्र घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कार्यसम्पादन समितिको यो बैठक दिवंगतहरुको आत्माको शान्तिको कामना र परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । बेपत्ताहरुको खोजिमा हरसम्भव प्रयास तीब्र ढंगले गर्न सरकारको ध्यानाकर्षण गराउँदै, सबै घाइतेहरुको निःशुल्क उपचारको प्रबन्ध गर्न माग गर्दछ ।
२) कयौं नागरिक अझै पनि देशको विभिन्न भागमा उद्धारको प्रतीक्षामा रहेको खबर आएका छन् । अतः सरकारले आफ्नो सम्पूर्ण संयन्त्र त्यसमा केन्द्रित गरेर उद्धार कार्य सम्पन्न गर्न तथा स्वयंसेवी, नागरिक पंक्ती, नेपाली कांग्रेसका स्थानीय संरचना, अन्य सबै दल र संघ–संस्थालाई उद्धार र राहतको कार्यमा ऐक्यवद्ध ढंगले कार्य गर्न यो बैठक अपील गर्दछ ।
३) प्राकृतिक प्रकोपले कैयन ठुला–साना सडक अवरुद्ध भएका छन् । कयौं पुल भत्किएका छन् र आवागमनमा असर परेको छ । अस्तव्यस्त बन्न पुगेको जनजीवनलाई यसले झनै कष्टकर बनाउन सक्ने देखिन्छ । चाडपर्वहरुमा गाउँ जान चाहने नागरिकको चाप केहिदिन पछि थपिने छ । अतः अवरुद्ध सडकहरुको मर्मत संभारको कार्य तीब्र गतिमा अघि बढाउन तथा पक्की पुल निर्माणमा समय लाग्ने तथ्य दृष्टिगत गरि बेलिब्रीज जडान गर्न यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।
४) प्रकोपका कारण अर्बौंको क्षती भएको छ, केही विद्युत गृह क्षतिग्रस्त बन्न पुगेका छन् । विद्युत उत्पादन र नियमित रहेको वितरणमा गम्भीर असर पुगेको छ । संचार सेवा कयौं ठाउँमा अवरुद्ध भएको छ । खानेपानीको वितरण प्रभावित भएको छ । यसले गर्दा तत्काल भोग्नुपरेको समस्यामा नागरिक पंक्तिलाई विश्वासमा लिँदै, अवस्था सामान्य बनाउन सम्बन्धित निकायलाई सघन रुपले परिचालन गर्न यो बैठक सरकारको ध्यानाकर्षण गराउँदछ ।
५) विषम परिस्थितिको समयमा बजारमा बढ्न सक्ने कालोबजारी, सवारी साधनको भाडामा हुने अनियमितता नियन्त्रण गर्न÷गराउन यो बैठक सरकारको ध्यानाकर्षण गराउँदछ ।
६) नियमित रुपले झेल्नु परेको प्राकृतिक विपद्सँग जुध्न आवश्यक पूर्व तयारी र उद्धारमा अझै तीब्र र चुस्त तयारीको आवश्यकता खड्किएको छ । अतः तिनै तहको सरकारले निभाउनु पर्ने भूमिकाको एकीकृत रणनीति र चुस्त कार्ययोजना निर्माण गर्न तथा उद्धारमा आवश्यक पर्ने श्रोत–साधनको पर्याप्त जोहो गर्न कार्यसम्पादन समितिको यो बैठक सरकारलाई ध्यानाकर्षण गराउँदछ ।
७) प्राकृतिक प्रकोपले राष्ट्रिय विपत्तिको रुप लिएको यो घडिमा नागरिक पंक्तिलाई थप सतर्कताको अपील गर्दै सबै राजनैतिक दल, संघ–संस्थालाई यो स्थितिको सामना ऐक्यवद्ध रुपले गर्न यो बैठक आह्वान गर्दछ ।
८) क्षतिग्रस्त सबै खाले संरचनाहरुको पुनर्निर्माणका लागि एम्ल्ब् ९एयकत म्ष्कबकतभच ल्भभमक ब्ककभककmभलत० तयार गर्ने प्रकृया शुरु गर्न यो बैठक सरकारलाई आग्रह गर्दछ ।
९) राष्ट्रिय विपत्तिको यस घडीमा पार्टीको ‘१०० दिने विशेष अभियान’ को पूर्व निर्धारित कार्यक्रम कोजाग्रत पुर्णिमा (असोज ३०) सम्म स्थगित गर्ने निर्णय गर्दछ । केन्द्रीय प्रतिनिधिहरुलाई आफु खटिएको जिल्लामा उद्धार र राहतको कार्यमा आवश्यक समन्वय गर्न÷गराउन केन्द्रित गर्ने निर्णय यो बैठक गर्दछ ।
१०) तीनै तहका जनप्रतिनिधि तथा चुनावमा पार्टीका तर्फबाट उम्मेदवार बन्नु भएका साथीहरु तथा भ्रातृ एवं शुभेच्छुक संस्थाको सबै तहको साथीहरुलाई उद्धार र राहतमा समर्पित ढंगले क्रियाशील हुन यो बैठक अपिल गर्दछ ।
११) कोजाग्रत पुर्णिमाका दिन नियमित रुपले आयोजना गरिदै आएको चियापान कार्यक्रम, प्राकृतिक विपद्का कारण यो बर्षका लागि स्थगित गर्ने निर्णय यो बैठक गर्दछ ।
१२) संकटको समयमा सबै एकढिक्का रहेर उद्धार र राहतमा समर्पित हुन सबैले तन, मन, धनले सहयोग गर्न जरुरी स्थिति दृष्टिगत गरि नेपाली कांगे्रसका संघीय सांसदहरुको १५ दिनको पारिश्रमिक समेत गरि नेपाली कांग्रेसका तर्फबाट कूल रु. ५०,००,०००।– (पचास लाख) सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय यो बैठक गर्दछ ।
१३) संवत् २०८१ साल मंसिर १६ गते सम्पन्न हुने स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरिन्छ ।
१४) उक्त उप–निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ ।
१५) संवत् २०८१ साल मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव श्री प्रकाश शर्मालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)





































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google