नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछुः डा.कोइराला

दर्पण दैनिक ६ पुष २०८१,१७:०९
post

धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन् । उनले नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दे भने, अबको कांग्रेस बलियो र गतिशील कांग्रेस हुनुपर्छ । पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनु पर्ने र, त्यसका लागि आफू नेतृत्व लिन तयार रहेको जनाए ।

सम्बोधनका क्रममा उनले भने, नेपाली कांग्रेसको १५ औं महाधिवेशन २०८२ भित्रै हुनुपर्छ । पार्टीको विधान अनुसार महाधिवेशन हुनुपर्छ । यसका किन्तु परन्तु भन्न पाइदैन् । उनले महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिन्छ । नयाँ कार्यदिशा तय गर्छ, यसकारण महाधिवेशन बेलैमा हुनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसलाई जोगाउन तथा लोकतन्त्रको सुढृढीकरण गर्नको लागि पनि महाधिवेशनको आवश्यक रहेको बताए ।  

पार्टीमा एकता नभएको भन्दै, उनले पार्टीलाई एक ढिक्का बनाएर लैजानु अहिलेको आवश्यकता रहेकाले त्यसको लागि प्रजातन्त्र सेनानी सहित जिल्लाका सबै साथीहरुले पहल गर्नु पर्ने बताए । अहिले नेपाली कांग्रेसभित्रको एकता, सौहार्दता तथा स्वच्छ प्रतिस्पर्धा हराउँदै गइरहेको छ । बिस्तारै नेपाली कांग्रेस कम्युनिस्ट पार्टी जस्तो बन्दै गइरहेकोले आफू चिन्तित रहेको बताए ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधनको क्रममा भने, आफूले अब पार्टीभित्र कसैलाई अन्याय हुन नदिने भन्दै कार्यकर्तालाई आवश्वस्त हुन भनेका थिए । अब पार्टीभित्र न्याय हुन्छ । त्यसको जिम्मा आफूले लिने बताए ।

उनले नेपालमा प्रजातन्त्र तथा लोकतन्त्रको स्थापनका लागि प्रजातान्त्रिक सोननीको भूमिका महत्वपूर्ण रहेकाले पार्टीले त्यागको आधारमा सम्मान गर्नु पर्ने बताए । उनले विगतमा पार्टीभित्र लोकतान्त्रिक संस्कृति रहेका थियो । अहिले त्यो छैन । त्यसका लागि तपाईहरुले पहल गर्नुपर्छ ।


उनले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारका क्रियाकलापले आफू निराश भएको बताए ।  छिटोछिटो सरकार परिवर्तन हुने कार्यलाई रोकेर देशमा स्थीरता कायम गर्न दुई ठूला दलको सरकार बनाएका हौं । तर सो अनुसार परिणाम दिन नसकेको बताए । एक फरक प्रशंगमा उनले भने, एमालेसँग नेपाली कांग्रेसले सहकार्य र प्रतिस्प्रर्धा सँगसँगै गर्नु परेको बताए  । उनले भने सरकारमा सहकार्य र राजनीतिमा प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता रहेकाले कांग्रेस चनाखो हुनुपर्ने बताए ।

सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहेका उनले बिहान भातृ तथा शुभेच्छुक संस्थाहरुसँग अन्तरक्रिया तथा छलफल गरेका थिए । उक्त भेटघाटमा सबै भातृ तथा शुभेच्छुक संस्थाहरुको तोकिएको समयमा महाधिवेशन हुनु पर्ने बताए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: