
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने लमजुङका सन्तोष रानाभाट साधारण तारेखमा छुटेका छन् । रास्वपाका सभापति लामिछानेलाई पुस ७ गते पोखरा अंमरसिंह चौरमामकैको खोया प्रहार गर्ने रानाभाटलाई प्रहरीले अभद्र व्यवहार मुद्दा थप १० दिन थुनामा राखेर अनुसन्धान गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार रानाभाटलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । आदेशसंगै रानाभाटलाई आजै छोडिएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
प्रहरीले अपशब्द प्रयोग गरी गालिगलौज एवं हातपात समेत गर्ने प्रयास गरी डिउटीमा अवरोध पुर्याई अभद्र व्यवहार गरेको भन्ने तत्काल खटिएको प्रहरीको प्रतिवेदनको आधारमा अभद्र व्यवहार मुद्दा चलाएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google