प्रहरी अधिकृतहरूले अबदेखि कुनै पनि कार्यक्रममा सहभागी भएर बोल्नुअघि अनुमति लिनुपर्ने

दर्पण दैनिक २७ पुष २०८०,१५:०६
post

काठमाडौं । नेपाल प्रहरीले मातहतका प्रहरी कर्मचारीहरूका लागि कडा निर्देशन जारी गरेको छ । प्रहरी महानिरीक्षक वसन्त कुवँरको सचिवालयले केही दिनअघि मातहतका सबै विभाग, केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका प्रही कार्यालय र प्रदेश प्रहरी कार्यालयका नाममा पत्र पठाउँदै यस्तो निर्देशन जारी गरेको हो । प्रहरी प्रधान कार्यालय नक्सालले विभिन्न सरकारी तथा गैह्र सरकारी संघ-संस्थाका नीति निर्माण कार्य, साधारण सभा प्रशिक्षण, अन्तर्क्रिया, सम्मान लगायत कार्यक्रममा गएर आफूखुसी बोल्ने क्रमले समस्या ल्याएको जनाएको छ ।

‘निमन्त्रणा भएका सम्बन्धित प्रहरी अधिकृतहरूले कार्यक्रमको विषय-वस्तु, विषय विज्ञता, कार्यक्रमका सम्बन्धमा सांगठनिक धारणा राय सुझाव के-कस्ता हुन सक्छन् भन्ने नजरअन्दाज गरी प्रहरी महानिरीक्षकको सचिवालयमा कुनै जानकारी नदिई आफूखुशी सहभागी हुने र अभिव्यक्ति पनि दिएको देखिएकाले यस सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ’, उक्त निर्देशनमा भनिएको छ ।

नक्सालले अबदेखि कुनै पनि कार्यक्रममा सहभागी भएर बोल्नुअघि अनुमति लिनुपर्ने पनि नियम ल्याएको छ। ‘प्रहरी कर्मचारीहरूले आफ्नो व्यावसायिकता, अनुशासन, कर्तव्य एवम् जिम्मेवारी वोध गरी उदाहरणीय बनी नेतृत्व गर्नुपर्ने  हुँदा अबउप्रान्त कुनै पनि प्रहरी कर्मचारीलाई आउने निमन्त्रणाबारे प्रहरी प्रधान कार्यालयका विभागहरू, केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयहरुले यस सचिवालयमा जानकारी दिई अनुमति लिनु हुन अनुरोध छ ।’ पत्रमा भनिएको छ, ‘काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत कार्यालयहरूले काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट र प्रदेश प्रहरी कार्यालय मातहत कार्यालयहरुले प्रदेश प्रहरी कार्यालयलाई जानकारी दिई त्यसबारे प्रहरी महानिरीक्षकको सचिवालयमा विवरण दिने व्यवस्था हुन निर्देशानुसार अनुरोध छ ।’
 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: