काठमाडाैं । भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी हिमबाढीबाट प्रभावित १५५ नेपाली नागरिक चीनबाट तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार थप १२७ नेपाली आज स्वदेश फर्कने क्रममा छन् ।
मन्त्रालयका अनुसार हालसम्म १३ हजार ९८ जनाको उद्धार गरिएको छ भने करिब ५ हजार व्यक्ति अझै बेपत्ता छन् । प्रभावित क्षेत्रबाट १ हजार ३४४ शव बरामद गरिएको मन्त्रालयले जनाएको छ ।
उद्धार कार्यमा भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार टोलीसहित विभिन्न देशका विशेषज्ञ, ड्रोन तथा आधुनिक उपकरण परिचालन भइरहेका छन् । अस्ट्रेलियाको १५ सदस्यीय र मलेसियाको ११ सदस्यीय विशेष उद्धार टोली पनि नेपाल आइपुगेका छन् ।
प्रारम्भिक आँकलनअनुसार बाढीबाट ७ हजार ५७० घर र ३२ हजार ९३३ मानिस प्रभावित भएका छन्। ४८ सरकारी कार्यालय, ५५ किलोमिटर सडक, ३७ पक्की पुल र ६८ झोलुङ्गे पुलमा क्षति पुगेको छ ।
यस्तै, १३ जलविद्युत् आयोजना, एक सौर्य ऊर्जा केन्द्र र दुई प्रसारण लाइनमा क्षति पुगेको छ भने करिब ७८३ मेगावाट जलविद्युत् उत्पादन क्षमता प्रभावित भएको मन्त्रालयले जनाएको छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)






































































-1787461102.jpg)





.jpeg)







































































































































































































































































.jpg)












































































































































.jpg)

























































































.jpg)




























प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google