काठमाडाैं । नेपाली कांग्रेसले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ ।
बिहीबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले कांग्रेस सधैँ गठबन्धनप्रति इमानदार बने पनि प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको हो । प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका मूल्य, मान्यता, गठबन्धनमा रहँदा भएका सहमतिलाई अक्षरशः पालना गर्नेगरी कांग्रेस प्रस्तुत हुँदासमेत प्रधानमन्त्री प्रचण्डले विश्वासघात गरेको बताए ।
उनले प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काउनु परेका कारण काल्पनिक, कपोकल्पित र तथाकथित रहेको बताए ।प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्योल र अनिश्चिततातिर लैजाने काम गरेकोफ कांग्रेसको जिकिर छ ।
'प्रचण्डले गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्योल र अनिश्चिततातिर लैजाने काम गरे । अब कांग्रेसले संघीय संसदमा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छ,' उनले भने ।
बैठकले संसदमा देश र जनताका हितमा प्रभावकारी रूपले प्रस्तुत हुन र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google