काठमाडौँ । खान पकाउने ग्यास लिक हुँदा जलेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीलाई दिउँसो २ बजेपछि श्री एयरलाइन्सको विशेष उडानबाट मुम्बई लगिने भएको छ ।
बुधबार ग्यास सिलिण्डर लिक हुँदा आगलागीमा परी भण्डारी घाइते भएका हुन् । ग्यालिक हुँदा भएको आगलागीमा परी भण्डारीका आमा हरिकला भण्डारीको निधन भएको थियो ।
हाल कीर्तिपुरका बर्न अस्पतालमा उपचार गराइरहेका भण्डारीलाई श्री एयरलाइन्सको विमानमा क्रिटिकल युनिट बनाएर विशेष उडानमार्फत मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लैजाने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको सचिवालयले जनाएको छ ।
‘माननीय भण्डारीको अवस्था जटिल भएकोले श्रीको विशेष उडानबाट उहाँलाई मुम्बइ लान हाल कीर्तिपुर अस्पताल र मुम्बईस्थत नेशनल बर्न सेन्टरका डाक्टरहरुबीच परामर्श भइरहेको छ,’ गिरीको सचिवालयका एक सदस्यले भने, ‘अवस्था धेरै गम्भीर भएको भए एयर एम्बुलेन्सबाट लगिने थियो, अहिले श्री एयरकै विमानबाट पनि जान सकिने भएकोले त्यसैको तयारी भइरहेको छ । दिउँसो २ बजेदेखि ३ बजेभित्रमा उहाँलाई यहाँबाट लगिसकिने गरी चयारी भइरहेको छ ।’
स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै उनलाई लगिने छ ।
उनलाई उपचारका लागि मुम्बई लाँदा कीर्तिपुर बर्न अस्पताल र नर्भिक अस्पतालको मेटिकल टिम साथमा रहने छ ।










































































































































































































































































.jpg)















































































































































.jpg)














































































































































































.jpg)























































-1787461102.jpg)


.jpeg)



प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google