विदेशमन्त्रीको रिपोर्ट एकतर्फी, पूर्वाग्राही असुन्तलित र अविश्वनीय भन्दै राप्रपाद्वारा अमेरिकी दूतावासलाई पत्र

दर्पण दैनिक ६ जेष्ठ २०८०,११:३३
post

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकाले सार्वजनिक गरेको ‘धार्मिक स्वतन्त्रता सम्बन्धित प्रतिवेदन’मा गरिएको दाबीको खण्डन गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्रचार गरेको छ । रिपोर्टमा लगाइएको आरोप तथ्यहीन र पूर्वाग्रही रहेको राप्रपाले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रीको प्रतिवेदनमा नेपालका नेताहरुलाई भारतीय जनता पार्टीले हिन्दू राष्ट्रको पक्षमा वकालत गर्नका लागि आर्थिक सहयोग गरेको दावी गरिएको थियो । प्रतिवेदनमा राप्रपाको नाम किटान गरिएको छ । यसलाई राप्रपाले औपचारिकरुपमा खण्डन गरेको हो ।

अध्यक्ष राजेन्द्र लिङदेनद्वारा हस्ताक्षरित पत्रमा राप्रपा संवैधानिक राजतन्त्र, मानव अधिकार तथा सम्पूर्ण धर्महरुलाई समान सम्मान तथा स्वतन्त्रतासहितको हिन्दू राज्यको पक्षमा रहेको उल्लेख छ । केन्द्रदेखि स्थानीय तहसम्म सोही कुराको वकालत गर्दै आएकोमा तर हालै मात्र अमेरिकाको विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा राप्रपालाई जोडेर गरिएको दाबी सरासर झुट्टो र आधारहिन रहेको लिङदेनले बताएका छन् ।

‘प्रतिवेदनमा राप्रपा विरुद्ध आधारहिन आरोपहरु लगाइएका छन्,’ पत्रमा भनिएको छ । रिपोर्टमा नागरिक समाजका सदस्यहरूको भनाइलाई उद्धृत गर्दै निष्कर्ष निकालेको जनाइए पनि ती नागरिक समाजका सदस्यहरु को हुन् भन्ने उल्लेख छैन । यस बाहेक राप्रपाको स्पष्टीकरण र धारणा समावेश नगरिएकोमा पनि पत्रमा आलोचना गरिएको छ ।

‘उक्त प्रतिवेदन एकतर्फी, पूर्वाग्राही असुन्तलित र अविश्वनीय छ,’ पत्रमा भनिएको छ । राप्रपाले अमेरिकी विदेशमन्त्रीको प्रतिवेदनलाई पुनरावलोकन र संसोधन गर्न सुझाव दिएको छ ।

यो प्रतिवेदनले राप्रपाको छविलाई धमिलो बनाउने र आम मानिसमा गहिरो आघात पुग्ने हुँदा यि आधारहिन आरोपमा सुधार गर्नका निमित्त पनि राप्रपाले आवह्रान गरेको छ ।

अमेरिकाले हालै सार्वजनिक गरेको धार्मिक स्वन्त्रतासम्बन्धित प्रतिवेदनले नेपालका प्रभावशाली नेताहरुले र त्यसमा पनि विशेष गरेर राप्रपाले भारतीय जनता पार्टी र सो पार्टी निकट संस्थाबाट आर्थिक लाभ लिई नेपालमा हिन्दू धर्मको प्रचार तथा हिन्दू राष्ट्र कायम गर्न दबाब दिने गरेको दाबी गरेको थियो । यस प्रतिवेदनलाई छिमेकी मुलुक भारतले पनि आधारहीन र झुट्टो प्रतिवेदनको संज्ञा दिएको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: