
काठमाडाैं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । २०६५ फागुन २६ गते राति कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या आरोपमा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी नीरिक्षक कृष्णबहादुर खड्काले उनीहरूविरुद्ध शुक्रबार अदालतले पक्राउ पुर्जी जारी गरेको बताए ।
सुर्खेतको जनमाविमा अध्ययनरत मल्लको खुकुरी प्रहार गरी हत्या गरिएको थियो। हत्यालगत्तै उनका काका नवराजले किटानी जाहेरी दिएका थिए । तर, पीडितले अहिलेसम्म न्याय पाएका छैनन् । मल्लको हत्या अभियोगका आरोपित सिंहसहित ६ जनाविरुद्ध गत शुक्रबार पक्राउ पुर्जी जारी भएको हो।
पक्राउ पुर्जी जारी हुनेमा पञ्चा सिंह, पदमबहादुर रावत (टाइगर), बालकृष्ण सिंह (गुराँस), वीरबहादुर मल्ल (सुभाष), अशोक कार्की (अली) र टंकबहादुर सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्ण खड्काका अनुसार उनीहरूलाई प्रहरीले खोजी रहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google