
काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा सफलता हासिल गर्न योजनावद्ध कार्यक्रम बनाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बिहान बसेको बैठकले पार्टीका उम्मेदवारलाई जिताउन एकतावद्ध भएर अगाडि बढ्न निर्देशन दिएको हो ।
यस्तै, बैठकले उपनिर्वाचनमा सत्तामा रहेका कुनै पनि पार्टीसँग सहकार्य नगर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनले विपक्षमा रहेका दलहरुसँग भने छलफल गर्न सकिने बताए ।
बैठकले उपनिर्वाचनका लागि प्रदेश, जिल्ला तहबाट आएका सिफारिस अनुमोदन गरेको प्रवक्ता सापकोटाले बताए । माओवादीले आगामी मंसिरमा पालिका सम्मेलन र खबरदारी कार्यक्रम गर्ने निर्णय गरेको छ । उनले आगामी पुस २ गते पार्टीको केन्द्रीय समितिको बैठक बस्ने निर्णय भएको समेत जानकारी दिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)


















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google