‘मत दिनेको शिर झुक्ने कुनै काम गर्नेछैन’

दर्पण दैनिक १८ बैशाख २०८१,१४:४९
post

इलाम । इलाम क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङलाई निर्वाचित भएको प्रमाणपत्र दिएको छ । मंगलबार इलाममा भएको प्रमाणपत्र वितरण कार्यक्रममा नेम्वाङलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले प्रमाणपत्र दिएका हुन् । 

प्रमाणपत्र ग्रहण गर्दै सांसद नेम्वाङले आफूलाई विजयी गराउने मतदाताको शिर झुक्न नदिने गरी काम गर्ने वाचा गरे । ‘विजयी भएको आजको दिन म वाचा गर्न चाहन्छु । मलाई अमूल्य मत दिएर विजयी गराउने मतदाताको शिर झुक्ने कुनै काम गर्नेछैन । तपाईँले राख्नुभएको एक एक मतको सुरक्षा गरेर कुनै पनि सङ्कोच नहुने गरी म काम गर्नेछु । बुवाले देखाउनुभएको त्यही बाटो र उज्यालोलाई समाएर प्रतिबद्ध हिसाबले इमानदार र निष्ठापूर्वक काम गर्नेछु । तपाईंको शिर कहिल्यै झुक्न दिनेछैन । सबैसँग हातेमालो गरी अगाडि बढ्नेछु’, उनले भने ।  उनले आफूलाई विजयी गराउन सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: