
काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रालयले साउन २० गते काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक दिने निर्णय गरेको हो । सरकारले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google