धुलिखेलमा वीपी कोइरालाको सालिक अनावरण गर्दै देउवाले भने- कांग्रेस जनताले विश्वास गरेको पार्टी हाे

दर्पण दैनिक ५ आश्विन २०८१,१९:५६

२०७१ सालमा शिलान्यास गरिएको प्रतिमा निर्माण ९ वर्षपछि निर्माण सम्पन्न गरी अनावरण गरिएको हाे ।

post

काभ्रे । वीपी राजमार्गअर्न्तगत धुलिखेलमा नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री वीपी कोइरालाको पूर्णकदको सालिक अनावरण  गरिएको छ । धुलिखेल नगरपालिका-६ स्थित जरणडाँडामा वीपी राजमार्गको प्रस्थानविन्दुका रूपमा रहेको स्थानमा नवनिर्मित नेता कोइरालाको सालिक शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले अनावरण गरेका हुन् । २०७१ सालमा शिलान्यास गरिएको प्रतिमा निर्माण ९ वर्षपछि निर्माण सम्पन्न गरी अनावरण गरिएको हाे ।


कांग्रेस-एमालेको सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको छ : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन् । सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको उनको दाबी छ । शनिबार काभ्रेको धुलिखेलमा वीपी कोइरालाको सालिक अनावरण गर्दै सभापति देउवाले सत्ता सहकार्य गरेर दलहरुले जनताको पक्षमा काम गर्नुपर्ने बताए ।

उनले पार्टीलाई आगामी निर्वाचनमा कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहिनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । कांग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आइरहेको भन्दै सभापति देउवाले दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

उनले भने, ‘एमाले र कांग्रेस दुई वटा पार्टी मुख्य प्रतिस्पर्धी पार्टी हो । दुई वटै पार्टी मिल्दाखेरि के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरुलाई । तर प्रतिष्पर्धी पार्टी मिल्दाखेरि देशभरिमा नै मैले थाहा पाए अनुसार त नेपाली जनताहरु खुसी भएका छन् । कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरु छन यहाँ । त्यसकारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ । तर हामीले काम पनि त्यही अनुसार गर्नु पर्‍यो । कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन भन्छन् । जनताको मन जित्ने गरी कामहरू गर्नुहोला ।'

सभापति देउवाले कांग्रेसलाई नम्बर वान पार्टी बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए । 'म सबै साथीभाईहरुलाई आग्रह गर्न चाहन्छु कि अहिलेको यो संविधान छ । समावेशी समानुपातिक सिस्टम छ हामीले ल्याएको । यसमा यति धेरै गाह्रो छ । कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो छ । तैपनि हामीले यो गाह्रो काम नै गर्नु पर्‍यो । मेहिनत गर्‍यो भने बहुमत प्राप्त गर्न सक्ने पार्टी हुन्छ भन्ने मलाई विश्वास छ। कांग्रेस कमसेकम जनताले विश्वास गरेको पार्टी हो ।'

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: