काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले सोमबार विभिन्न सञ्चार माध्यममा आफ्नाबारे प्रकाशित समाचारहरूमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । आफ्नो चरित्र हत्या गर्ने ध्येयका साथ प्रकाशित समाचारहरूमा आफ्नो गम्भीर आपत्ति भएको बताएका हुन् । सोमबार बेलुकी एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो व्यक्तिगत जीवनसँग सम्बन्धित जे जस्ता समाचार, टिप्पणी र विचार सम्प्रेषण भएका छन्, त्यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, 'उक्त अनर्गल, असत्य, भ्रामक, कपोलकल्पित समाचारका पछाडि नलाग्न सर्वप्रथम म आम नेपाली जनता, शुभचिन्तक तथा पार्टीका केन्द्रदेखि वडा तह र विदेशस्थित सम्पूर्ण साथीहरूमा हार्दिक अपिल गर्न चाहन्छु ।'
गुरूङले थप भनेका छन्, 'सम्प्रेशित समाचारका सम्बन्धमा तत्कालीन मेरी श्रीमती ज्योती गुरूङ महालक्ष्मीस्थान ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रबन्धकका रूपमा कार्यरत थिइन्। निज उक्त सहकारीमा रहँदा भएको हरहिसाब लगायत अपचलनबारे मलाई जानकारी हुने विषय भएन । जहाँसम्म मैले सहकारीमा रकम अपचलन, ठगी गरेको भन्नेबारे जे जस्ता भ्रामक समाचार सम्प्रेशित भएका छन्, त्यसप्रति मेरो गम्भीर आपत्ति छ। साथै निज ज्योतीजी सँग २०७६ फागुन २९ गते जिल्ला अदालत ललितपुरमा सम्बन्ध विच्छेद भइसकेकाले, ज्योतीजी सँग उक्त मितिदेखि कुनै किसिमको सम्बन्ध नभएको समेत जानकारी गराउँछु ।'
'अन्तमाः उक्त सहकारीका हजारौं बचतकर्ताको करोडौं रकम अपचलन भएको भन्ने सुन्नमा आएको छ । त्यसबारे जो कसैले अपचलन वा ठगी गरेको भए पनि उक्त सहकारीका सम्बन्धमा सत्य तथ्य अनुसन्धानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै छानबिनको माग गर्न चाहन्छु,' धनराजले भनेका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा पनि धनराज गुरूङ र उनकी पूर्वश्रीमती ज्योती गुरूङविरूद्ध सहकारी बचत ठगीमा अनुसन्धान माग गर्दै उजुरी परेको कुरा उठेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद गणेश पराजुलीले यो विषय उठाउँदै उनीहरूविरूद्ध सिआइबीमा उजुरी परेको खबर सञ्चार माध्यमहरूमा आएको बताएका थिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)

























































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google