काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्र बुढा मगर वृद्धा आमालाई साता लामो उपचारपछि बिहीबार काठमाडौंबाट फर्किँदै थिइन् । तर बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा शुक्रबार बिहान पिकअप भ्यान दुर्घटना हुँदा उपाध्यक्ष बुढा, ६१ वर्षीया आमा गोपीमायाले एकसाथ ज्यान गुमाए ।
साता लामो काठमाडौं बसाइलाई बिट मार्दै गाउँपालिकातिर फर्किनुअघि उनले सामाजिक सञ्जालमा फेसबुकमा एउटा भनाइ राखेकी थिइन् । जसमा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग सहयोगको आशा राखेकी थिइन् ।
‘मलाई भोट मागिदिनु पर्यो भनेर बालेन साह दाजु र हर्क साम्पाङ दाजुलाई दाइजोस्वरुप माग्ने भनेको…’, उनले लेखेकी थिइन् ।
शी लिड्स आईकनको उत्कुष्ट महिला जनप्रतिनिधिमा छनौट भएकी थिइन् उनी । उपाध्यक्ष भुपेन्द्रा बुढा मगर शी लिड्स आईकनको टप २७ मा छनौट भएकी थिइन् ।
खासमा उनी शी लिड्स आइकन नामको एक प्रतिस्पर्धामा सहभागी थिइन् । जसमा देशभर उत्कृष्ट काम गर्ने जनप्रतिनिहरूबीच प्रतिस्पर्धा गराइएको थियो ।
अनलाइन मतका आधारमा उत्कृष्ट छानिने उक्त आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखसहित २७ जना महिला जनप्रतिनिधि सर्टलिस्टमा थिए । जसमा उपाध्यक्ष बुढा मगर पनि छानिएकी थिइन् ।
उत्कृष्ट २७ महिला जनप्रतिनिधिमा २० दिनसम्म हुने डिजिटल मतदानको आधारमा उत्कृष्ट तीनलाई विजेता घोषित गरिने कार्यक्रम थियो । त्यहीकारण भुपेन्द्राले बालेन र हर्कसँग आफ्ना लागि भोट मागिदिन आग्रह गर्ने भन्दै सामाजिक सञ्जालमा लेखेकी थिइन् ।बालेन र हर्कसँग सहयोग माग्ने भन्दै फेसबुकमा लेखेर काठमाडौं छाडेकी उनी घर पुग्न नपाउँदै दुर्घटनामा परिन् ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)






























































































































































































































































































.jpg)












































































































































.jpg)
























































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google