रुकुम पश्चिममा ड्युटीमा रहेका २ प्रहरीमाथि कुटपिट, ४ जना पक्राउ

दर्पण दैनिक १५ माघ २०८०,१३:५४
post

रुकुम पश्चिम । रुकुम पश्चिममा ड्युटीमा रहेका २ प्रहरी कुट्ने ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले ड्युटिमा रहेका प्रहरीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा ४ जनालाई पक्राउ गरिएको बताए । पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका –४ का २८ वर्षीय लक्ष्मण बिक, सोही वडाका २२ वर्षीय जनक खनाल, वडा नम्बर ५ का २२ वर्षीय कैलाश पुरी र वडा नम्बर ६ का १५ वर्षीय बालक छन् ।

सोमबार प्रहरी निरीक्षक खड्काको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । आइतबार साँझ जिल्लाको बाँफिकोट–३ स्यार्पुमा ईलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवानहरु महेन्द्रबहादुर शाही र हिमराज खड्का माथि कुटपिट भएको थियो ।  प्रहरीका अनुसार होहल्ला गर्दै हिँडेका युवालाई सम्झाउन खोज्दा प्रहरीमाथि हातपात र  ढुङ्गा प्रहार भएको थियो । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको ढाड र खड्काको टाउकोमा चोट लागेको छ । उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: