काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कपको नेपाल–भारतबीच हुने खेल हेर्न श्रीलंकातर्फ लागेका छन् । उनी पत्नी निकिता पौडेल र पार्टीका केन्द्रीय सदस्य दीपक बोहरासहित श्रीलंका प्रस्थान गरेका हुन् ।
नेपाल र भारतबीच भोलि समूह चरणको अन्तिम खेल हुँदैछ । विजेता टीम दोस्रो चरणमा पुग्नेछ । राष्ट्रिय टीमलाई हौसला दिन सभापति लामिछाने श्रीलंका जान लागेका हुन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google