काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुबीच प्रश्नोत्तर हुँदैछ । आइतबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा अरु तीनवटा कार्यसूची पनि तय भएको संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने, गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विदेयकसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने र वातावरणमन्त्री ऐनबहादुर शाहीले पनि ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधन’ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google