
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले केही दिन पहिला आफूले एक टेलिभिजनमा चुच्चे नक्साका सन्दर्भमा गरेको टिप्पणीलाई केही सेकेन्डको भिडियोलाई मात्र काटेर सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरिएको भन्दै स्पष्टीकरण दिएका छन् । शुक्रवार विज्ञप्ति जारी गर्दै चौधरीले आफूले बोलेको विषयलाई जबरजस्ती विवादित बनाउन खोजिएको आरोप समेत लगाएका छन् ।
‘कार्यक्रममा चुच्चे नक्साको सन्दर्भ उठेपछि मैले महाकाली सन्धिका नाममा नेपालको महाकाली नदीलाई दुवै देशले पानी, लगानी, उत्पादन र उपभोगमा आधा आधाको सिद्धान्त उल्लेख गरेको कारणले भारतले महाकाली नदी र महाकाली नदीको नक्कली मुहानको पश्चिम उत्तरमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी दाबी गरेको र दाबी पुगिरहेको कुरा भारतले गरिरहेको छ भनेको हो’, चौधरीको स्पष्टीकरणमा भनिएको छ । साथै उनले गलत महाकाली सन्धिका कारण भारतले दाबी गरेको र सो सन्धि नै सच्चाउनुपर्ने आफ्नो भनाइ रहेको बताएका छन् ।
पाँच बुँदे स्पष्टीकरणमा चौधरीले मुलुकको भौगोलिक अखण्डता, स्वतन्त्रता, सार्वभौमसत्ता र पार्टी जीवनको विषयमा गम्भीर र संवेदनशील रहेको भन्दै मुलुकको भौगोलिक अखण्डता,स्वतन्त्रता र सार्वभौमसत्ताप्रति प्रतिबद्ध रहेको समेत जनाएका छन् ।
चौधरीलाई सोही अभिव्यक्तिका कारण पार्टीले बिहीबारमात्र तीन दिनभित्र लिखित स्पस्टीकरण दिन निर्देशन दिएको थियो ।
यस्ताे छ, मेटमणिकाे स्पष्टीकरण
मिति २०८१।०५।२५ गते प्राइम टाइम टेलिभिजनमा प्रत्यक्ष प्रशारित "जनता जान्न चाहन्छन" कार्यक्रममा मैले अभिव्यक्त गरेका विषयलाई जवर्जस्ती विवादित बनाउन खोज्ने प्रयासका सम्बन्धमा मेरो स्पष्टिकरण यस प्रकार रहेको छः
१. कार्यक्रममा चुच्चे नक्शाको सन्दर्भ उठेपछि मैले "महाकाली सन्धिका नाममा नेपालको महाकाली नदीलाई दुवै देशले पानी, लगानी, उत्पादन र उपभोगमा आधा-आधाको सिद्धान्त उल्लेख गरेको कारणले भारतले महाकाली नदी र नदीको नक्कली मुहानको पश्चिम-उत्तरमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा दावी गरेको र दावी पुगिरहेको कुरा भारतले गरिरहेको छ" भनेको छु। भारतको यसै दावीलाई आधार मान्ने हो भने उसको दावी पुग्छ तर २०१५ सालको आम निर्वाचनमा ती क्षेत्रका बासिन्दाहरुले मतदान गरेको र जग्गा जमिनको तिरो नेपाल सरकारलाई तिरेको प्रमाण भएकोले ती भूभागहरु नेपालकै भएको मैले दावी गरेको छु। मैले महाकाली नदिलाई आधाआधा बनाएर गरिएको सन्धीको विरोध गर्दा मेरो मूल आशयलाई बग्याउने प्रयास भएको छ । मैले अभिव्यक्त गरेको पूर्ण अंश र आशयलाई तोडमोड गरी यस विषयलाई अतिरञ्जित गर्दै विवादित बनाउने प्रयास गरेपनि न मेरो त्यस्तो आशय थियो न त नियतनै। कार्यक्रममा मेरो अभिव्यक्ति हेर्ने सुन्ने जो सुकैले यो सजिलै बुझ्न सक्नुहुनेछ ।
२. मैले कार्यक्रममा "गलत महाकाली सन्धिको कारण ले नै भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा दावी गरिरहेको र महाकाली सन्धिनै सच्चाउनु” पर्ने विषयलाई इंगित गरेको छु। तर केही सेकेण्डको अंशलाई मात्र सामाजिक संजालमा भाइरल बनाएर दुश्प्रचार गर्न खोजिएको स्पष्टै देखिन्छ। प्राइम टाइम टेलिभिजनको युट्युवमा राखिएको उक्त अन्तवार्ताको पुरै अंश हेर्ने हो भने मेरो अभिव्यक्तिमा शंका गर्नु पर्ने ठाउँ छैन् ।
३. म मुलुकको अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रताप्रति प्रतिवद्ध रहने कुरामा कुनै आशंका नगर्न आग्रह गर्दछु । र उक्त भूभाग हाम्रो पार्टीको समेत दावीका आधारमा संविधानको अंग बनाइएको कुरामा म सदैव सचेत थिए, छु र रहने छु ।
४. मैले २०८१।०५।२४ गते सम्मानित संसदमा नेपाल भारतवेष्ठित भएकोले बीआरआई सम्झौता कार्यान्वयनमा जोड दिएको कुरो सर्वविदितै छ । र यो अहिले पनि संसदको रेकर्डमा छ । यसले पनि प्रष्ट पार्दछ कि अहिले म माथि लगाइएको आरोप सरासर झुठो हो ।
५. पत्रकार मित्रहरु । म मुलुकको भौगोलिक अखण्डता, स्वतन्त्रतता, सार्वभौमसत्ता र पार्टी जिवनको विषयमा गम्भिर र संवेदनशिल छु। उपरोक्त विषयको अहित र आँच पुग्ने गरी न कुनै अभिव्यक्ति दिएको थिए, न दिएको छु, न त भविश्यमा दिन्छु नै। म सधैं मुलुकको भौगोलिक अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ताप्रति प्रतिबद्ध रहेको थिए र रहिरहने प्रतिवद्धता व्यक्त गर्दछु ।
हार्दिक अभिवादनसहित
धन्यवाद ।
मेटमणी चौधरी
उपमहासचिव
२०८१।०५।२८


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)






























































































































































































































































































.jpg)



















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google