काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले जिम्मेवारी छाडेका छन् । केन्द्रीय सदस्यबाट दिएको राजीनामा बिहीबार बसेको एमाले सचिवालय बैठकले स्वीकृत गरेको छ ।
एमालेले उनीसहित सिराज अहमद फारूकीको पनि राजीनामा स्वीकृत गरेको छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट प्रतिस्पर्धा गरेका उनी पराजित भएका थिए । महर एमालेनिकट अनेरास्ववियुको अध्यक्षसमेत भइसकेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google